advertisement
Send Us

प्रधानमन्त्रीद्वारा स्व इन्द्रभक्तप्रति श्रद्धासुमन अर्पण

Click Link to Send:
Click Link to Send:

ललितपुर, ३ माघ । प्रधानमन्त्री सुशील कोइराला आज अपराह्न नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सानेपा किरणभवनस्थित निवासमा पुगेर उहाँका दिवङ्गत पिता इन्द्रभक्त श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

सो अवसरमा प्रम कोइरालाले जननायक विश्वेश्वरप्रसाद कोइरालाको अत्यन्तै निकट रहेर काम गर्नुभएका श्रेष्ठको निधनले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको थियो । प्रम कोइरालाले नेपालको उद्योग र वाणिज्यको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका श्रेष्ठको निधनले मुलुकले एक असल, इमान्दार, कर्तव्यनिष्ट, प्रजातन्त्र र आर्थिक स्वतन्त्रताप्रति प्रतिबद्ध उद्यमी गुमाएको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले स्व श्रेष्ठका धर्मपत्नी, सुपुत्र रविभक्त श्रेष्ठलगायतका सन्तति र स्वजनहरुमा समवेदना प्रकट गर्नुभएको थियो ।

नेपालको उद्योग वाणिज्य क्षेत्रका अग्रणी मानिएका नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षसमेत रहिसक्नुभएका एनई ग्रुपका संस्थापक अध्यक्ष श्रेष्ठलाई निमोनिया र छातीमा सङ्क्रमण देखिएपछि पुसको अन्तिम साता अस्पताल भर्ना गरिएको थियो ।

उहाँको आज दिउँसो देहान्त भएको हो ।

Your Opinion

Opinion

advertisement
advertisement