advertisement
Send Us

बन्द फिर्ता लिन महासङ्घको आग्रह

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २८ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायका साथै सर्वसाधारणलाई प्रतिकूल असर पर्ने गरी केही राजनीतिक दलले आह्वान गरेको बन्द–हडतालप्रति असहमति जनाउँदै त्यस्ता सम्पूर्ण कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

संवाद, सहकार्य र सहमतिबाटै सबै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिँदै महासङ्घले वर्षौंदेखिको नेपाली जनताको आर्थिक–सामाजिक प्रगतितर्फ उन्मुख हुने चाहनालाई पूरा गर्न तथा नयाँ संविधान निर्माणको वातावरण बनाउन बन्द आह्वानकर्ता समूहलाई अनुरोध गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी दैनिक १२ देखि १४ घन्टा विद्युत्भार कटौतीको मार खेपिरहेको र अहिले पनि लगानीको पूर्ण वातावरण बन्न नसकेको अवस्थामा गराउन बन्दहडतालले थप समस्या सिर्जना गर्ने भएकाले बन्दका सम्पूर्ण कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

बन्दहडतालका कार्यक्रमको साटो विरोधका अन्य रचनात्मक र दबाबमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै महासङ्ले जनताको स्वतन्त्र रुपमा हिँड्डुल गर्ने र पेसाव्यवसाय गर्न पाउने नैसर्गिक अधिकार सुनिश्चित हुने वातावरण निर्माण गरिदिन सरकार र प्रमुख राजनीतिक दलसमक्ष माग गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement