advertisement
Send Us

देशमा भएका होटल व्यवसायी प्युठानमाः प्रर्यटन प्रवद्र्धन प्रमुख मुद्दा

Click Link to Send:
Click Link to Send:

प्युठान, २३ पुस । देश भरका होटल व्यवसायी प्युठानमा भेला भएका छन् ।

राज्यले यस क्षेत्रलाई बेवास्ता गरेको तथा होटल व्यवसायीलाई अन्य उद्योगको जस्तो व्यवहार नगरेको भन्दै उनीहरुले आफ्ना समस्या पहिचान र मागका विषयमा छलफल गर्ने गरी भेला आयोजना गरेका हुन् ।

“विविध समस्याकाबीच पनि हामीले राज्यसहित हरेक क्षेत्रलाई आफ्नो सेवा दिएका छौँ ।” होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष अमृत भुजेलले भन्नुभयो, “हाम्रा समस्या समाधानमा कसैले पहल गरेको छैन ।”

होटल व्यवसायी महासङ्घको केन्द्रीय साताँै विस्तारित बैठकका लागि प्युठानमा जम्मा भएका महासङ्घ केन्द्रीय कार्य समिति सदस्य, २१ जना केन्द्रीय प्रतिनिधि र जिल्लाका नौवटा एसोसियट सदस्य र जिल्ला समिति सदस्यले राज्यले विभिन्न बहानामा दुःख दिने गरेको र समस्या समाधानमा पहल नगरेको आरोप लगाएका छन् ।

देशभरका होटलमा परेको समस्या समाधानका विषयमा छलफलसँगै व्यसायीले पर्यटन प्रवद्र्धनलाई मुख्य विषय बनाई छलफल गर्ने महासङ्घ प्युठान जिल्ला अध्यक्ष दधीराम भण्डारीले बताउनुभयो ।

“पर्यटन क्षेत्रको विकास धेरै भएमात्रै हाम्रो आम्दानी पनि राम्रो हुन्छ ।” सङ्घका जिल्ला महासचिव गन्जबहादुर थापाले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य पर्यटन प्रवद्र्धन हो, त्यसैका लागि केन्द्रीय बैठकले पनि विशेष निर्णय गर्ने तयारी गरेको छ ।”

केन्द्रीय विस्तारित बैठकमा प्युठान जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने गरी कार्यपत्रसमेत तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

यहाँका स्वर्गद्वारी, गौमुखी, भित्रिकोट, झाँक्री स्थानलगायत पर्यटकीय क्षेत्रको विकासका लागि बैठकले विशेष पहल गर्ने व्यवसायीले बताएका छन् । बैठकका अवसरमा आज यहाँ मोटरसाइकल यात्रा समेत गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement