advertisement
Send Us

ग्यासको आपूर्ति सहज गराउने नीति तयार गर्न संसदीय उपसमिति गठन

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । व्यवस्थापिका–संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खाना पकाउने एलपी ग्यास आपूर्ति सहज गराउन दीर्घकालीनरुपमा अपनाउनुपर्ने नीतिका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिले आज दिएको जानकारीअनुसार सभापति भिष्मराज आङदेम्वेले १५ दिनभित्र समितिसमक्ष राय सुझाव पेस गर्ने गरी सभासद् नारायणबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिका सभासदहरू अनन्तप्रसाद पौडेल, अम्बिका बस्नेत, जनकबहादुर बुढा र शान्ता मानवी सदस्य रहेको उपसमिति गठन गरिएको हो ।

उपसमितिले आवश्यकताअनुसार स्थलगत भ्रमण गर्ने तथा व्यवसायी, उपभोक्तावादी, निगम र मन्त्रालयका अधिकारीसँग सुझाव लिने र आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।

Your Opinion

Opinion

advertisement
advertisement