advertisement
Send Us

दूध बेचेर घरमै आत्मनिर्भरता

Click Link to Send:
Click Link to Send:

बागलुङ, २३ पुस । व्यावसायिक पशुपालन गर्नेक्रम बढेसँगै बुर्तिवाङ–१ का अगुवा कृषक नरबहादुर क्षेत्री पनि गाईपालनबाट राम्रो कमाई गर्न सफल हुनुभएको छ ।

गाईको दूध बेचेर अगुवा कृषक क्षेत्री आत्मनिर्भर बन्नुभएको हो । नौ वर्षअघि स्थानीय जातको गाईपालन सुरु गर्नुभएका क्षेत्रीले पछि गाईपालनलाई व्यावसायिक बनाउनुभएको हो ।

अहिले तीनवटा जर्सी गाई पाल्नुभएका क्षेत्रीले दूध बेचेर मासिक रु ३० हजारसम्म कमाउन सफल हुनुभएको छ । उन्नत जातको गाईपालनले आम्दानी बढाएको कृषक क्षेत्रीले बताउनुभयो ।

“तीनवटै गाईले दैनिक २५ देखि ३० लिटरसम्म दूध दिने गर्छन्, सबै दूध बुर्तिवाङ बजारमै खपत हुने गरेको छ”, क्षेत्रीले भन्नुभयो, “जसबाट ४५ हजार रुपैयाँ आउने गर्छ, त्यसमा खर्च कटाएर रु ३० हजार त चोखो आम्दानी नै छ ।”

गाईलाई दाना, घाँस र अरु व्यवस्थापनमा मासिक रु १५ हजार खर्च हुने गरेको उहाँले बताउनुभयो । दूधबाट आएको कमाइले छजना परिवारको खर्चमात्रै धानिएको छैन छोराछोरीको पढाइमा समेत टेवा पुगेको उहाँको भनाइ छ ।

“गाईपालनलाई अझै विस्तार गर्ने सोच छ, यसमा लगानी बढाउने विचार गरेको छु”, क्षेत्रीले भन्नुभयो, “मेहनत गर्नसके यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, दूधको माग पनि बढ्दै गएको छ ।” गाई गोठको रेखदेख, दानापानी र सबै व्यवस्थापनको काम क्षेत्री आफँैले गर्नुहुन्छ ।

बढ्दो बजारीकरणका कारण बुर्तिवाङ दूध खपत हुन थालेपछि कृषक पनि उत्साहित भएका छन् । पछिल्लो समय निर्वाहमुखी कृषि र पशुपालनको सट्टा व्यावसायिकतातिर कृषक अग्रसर हुन थालेका छन् ।

वैदेशिक रोजगारसमेत त्यागेर गाउँमै कृषि र पशु उद्यमतिर लाग्ने युवासमेत छन् । एक्लो प्रयासमा मात्रै नभएर सामूहिक लगानीमा पनि पशुपालन फार्म चलाउने क्रम बढ्दो छ ।

Your Opinion

Opinion

advertisement
advertisement