advertisement
Send Us

लहान, २८ पुस । मधेस बन्द आह्वान गरेको एनेकपा माओवादीसहितको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज सिरहाको लहानमा झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना प्रदर्शनकारी घाइते भएका छन् । बन्द सफल बनाउन सडकमा ओर्लेको मोर्चासँग आबद्ध नेता कार्यकर्ता र प्रहरीबीच सिरहाको लहानस्थित पेट्रोलपम्प नजिकै झडप भएको हो । प्रहरीको लाठी प्रहारबाट पूर्वमन्त्री राजलाल यादव, […]

काठमाडौँ, २७ पुस । संविधानका अन्तरवस्तुमा सहमति जुटाउने उद्देश्यले आज साँझ बसेको प्रमुख चार राजनीतिक दलको बैठक निष्कर्षविहीन भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको संयोजकत्वमा भएको उक्त बैठकमा विशेषगरी राज्य पुनःसंरचनाको विषयमा छलफल भएको थियो । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन […]

विराटनगर, २७ पुस । जनसाहित्यिक मञ्चले ‘स्रष्टाको आह्वान माघ–८ मै संविधान’ मूल नाराका साथ मोरङमा सडक कविता गोष्ठीलाई निरन्तरता दिएको छ । बेलबारीबाट प्रारम्भ भएको दबाबमूलक कविता गोष्ठी पथरी हुँदै आज लेटाङ बजारमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा सञ्चालित […]

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज यहाँ चियापान कार्यक्रमको आयोजना गरेको छ । सो समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले सकेसम्म सहमतिमै नसके प्रक्रियामै गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने बताउनुभयो । सभामुख सुवास नेम्वाङले पुस २९ गते ११ बजे संविधानसभाको बैठकमा संवैधानिक […]

काठमाडौँ, २७ पुस । ‘पृथ्वीनारायण शाहको योगदान अनुरुप देश र जनताको लागि यो शरीर यही सुम्पिन तयार छु’ निकै भावुक मुद्रामा पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टले भन्नुभयो । सिंहदरबार अगाडि अवस्थित पृथ्वीनारायण शाहको सालिकमा वृद्ध नेता विष्टले यसो भनिरहँदा त्यहाँ उपस्थित पृथ्वीनारायणका अनुयायी राष्ट्रप्रेमी सर्वसाधारणको आँखा रसाएको थियो । खण्डित प्राचिन नेपाललई एकीकरण गरी समृद्धिको दिशामा […]

ओली र कोइरालासंग रेले गरे भेट काठमाडौं, २४ माघ । संविधान जारी गर्ने मिति माघ ८ नजिकिदै जादा भारतिय राजदूत रञ्जित रेको सक्रियता बढेको छ । दलहरुका बिचमा बिवाद भैरहेको अवस्था र संविधान जारी गर्ने मुखमा आएर राजदूत रेको सक्रियतालाई अर्थ पूर्ण रुपमा हेरिएको छ । राजदूत रेले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई […]

काठमाडौँ, २४ पुस । सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउनका लागि पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने विज्ञले सुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रवद्र्धन र मिडिया इन्टरनेसनलको आयोजनामा ‘आर्थिक समृद्धि ः राष्ट्रिय बहस’ कार्यक्रमका वक्ताले विमानस्थलदेखि सडकको स्तरसम्म सुधार हुनुपर्ने औँल्याएका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले सरकारले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गरेको […]

काठमाडौँ, २४ पुस । संविधानसभाको आजको दोस्रो बैठकले टुङ्गो लाग्न बाँकी विषयलाई पुनः सहमतिका लागि निर्देशनसहित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनलाई पुनः सो समितिमा पठाएको छ । बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले ‘संविधानसभा नियमावली, २०७० बमोजिम संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ मा समितिबाट टुङ्गो लाग्न बाँकी विषयलाई पुनः सहमतिका लागि आवश्यक निर्देशनसहित समितिमा […]

काठमाडौँ, २४ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको छ । समितिको प्रतिवेदनमाथि बोल्दै नेपाली काँग्रेसका सभासद् गगन थापाले संविधान लेखनको काम छोडेर आन्दोलन गर्ने धम्की नदिन एनेकपा ¬¬¬माओवादी र मधेसी मोर्चालाई चेतावनी दिनुभयो । नेकपा (एमाले)का सभासद् प्रेमबहादुर आलेमगरले एमाओवादी लगायतका विपक्षी दलले संविधान बनाउने कामलाई छाडेर […]

बुटवल, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले जिल्ला नापी कार्यालय रुपन्देहीमा आज निरीक्षण गरी सरकारी काम सुसाशन तथा आचरणका विषयमा निर्देशन दिएको केही समयमै सोही कार्यालयका एकजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । कार्यलय निरीक्षणको केहीबेरमै अख्तियारको सम्पर्क कार्यालय बुटवलले सेवाग्राहीसँग घुस लिइ भाग्दै गरेको अवस्थामा सोही कार्यालयमा […]