advertisement
Send Us

संवाद समितिको प्रतिवेदनमाथिको छलफल सकियो

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २४ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको छ ।

समितिको प्रतिवेदनमाथि बोल्दै नेपाली काँग्रेसका सभासद् गगन थापाले संविधान लेखनको काम छोडेर आन्दोलन गर्ने धम्की नदिन एनेकपा ¬¬¬माओवादी र मधेसी मोर्चालाई चेतावनी दिनुभयो ।

नेकपा (एमाले)का सभासद् प्रेमबहादुर आलेमगरले एमाओवादी लगायतका विपक्षी दलले संविधान बनाउने कामलाई छाडेर आन्दोलनमा उत्रनु असान्दर्भिक भएको बताउनुभयो ।

एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले सहमति नभए देश मुठभेडमा जाने बताउनुभयो ।

सो समितिको प्रतिवेदनमाथि गत मङ्सिर २९ देखि सभासद्ले बोल्ने क्रम प्रारम्भ भएको थियो । प्रमुख दलबीच सहमतिको प्रयास जारी रहेकाले सो प्रतिवेदनमाथिको छलफल लम्बिएको हो ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीमाथि सहमति नभएपछि समितिले निष्कर्ष बिना नै प्रतिवेदन पेस गरेको थियो ।

संविधानसभाको आजै बस्ने अर्काे बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले सभासद्का धारणामाथि जवाफ दिने र पुनः समितिमा निर्णयार्थ पठाउने प्रस्ताव प्रस्तुत हुने कार्यक्रम छ ।

Your Opinion

Opinion

advertisement
advertisement