advertisement
Send Us

संविधानका लागि स्रष्टाहरु सडकमा

Click Link to Send:
Click Link to Send:

विराटनगर, २७ पुस । जनसाहित्यिक मञ्चले ‘स्रष्टाको आह्वान माघ–८ मै संविधान’ मूल नाराका साथ मोरङमा सडक कविता गोष्ठीलाई निरन्तरता दिएको छ ।

बेलबारीबाट प्रारम्भ भएको दबाबमूलक कविता गोष्ठी पथरी हुँदै आज लेटाङ बजारमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विभिन्न स्रष्टाले माघ ८ मै संविधान पाउनु नागरिकको अधिकार हो भन्ने आसयका सिर्जनामार्फत नेताहरूप्रति व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्राज्ञ खेम नेपालीले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुने र समयमा संविधानका लागि स्रष्टा सडकमा ओर्लेकाले जनतालाई साथ दिन आग्रह गर्नुभयो ।

सिर्जना वाचन गर्नेमा स्थानीय स्रष्टा ख्याम न्यौपाने, शिवनारायण पण्डित, बाबुराम श्रेष्ठ, यज्ञ परिश्रमी, गण्डकीपुत्र, मधु पोखरेल, रोहित पराईलगायत हुनुहुन्थ्यो ।

Your Opinion

Opinion

advertisement
advertisement