advertisement
Send Us

संविधान जारी गर्ने मिति माघ ८ नजिकिदै जादा भारतिय राजदूत रेको सक्रियता बढ्यो

Click Link to Send:
Click Link to Send:

ओली र कोइरालासंग रेले गरे भेट

Indian-ambassador-Nepal-Rae and oliकाठमाडौं, २४ माघ । संविधान जारी गर्ने मिति माघ ८ नजिकिदै जादा भारतिय राजदूत रञ्जित रेको सक्रियता बढेको छ । दलहरुका बिचमा बिवाद भैरहेको अवस्था र संविधान जारी गर्ने मुखमा आएर राजदूत रेको सक्रियतालाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

राजदूत रेले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन । राजदूत रे ओलीलाई भेटन भक्तपुर स्थित ओली निवास पुगेका थिए । मधेसी मोर्चा र अध्यक्ष ओलीको संबन्ध चिसिएका बेला राजदूत रेको भेटलाई निकै महत्वका साथ हेरिएको छ । । अध्यक्ष ओली र राजदूत रेका बिचमा संविधान र्निमाणमा देखिएको गतिरोध र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

यस अघि मंगलबार बेलुका मात्रै राजदूत रेले प्रधानमन्त्री सुशील कोइरालाई भेटन बालुवाटार गएका थिए प्रधानमन्त्री कोइरालासंगको भेटमा पनि संविधान र्निमाण र समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । संविधान जारी गर्न दलहरु लागि रहका बेला बिभिन्न देशका राजदूतहरुको सक्रियता बढने गर्दछ । संविधान का बिषयमा राजदूतहरुले खुला अभिव्यक्ति समतेत दिदै आएका छन ।

केही समय अघि धर्मनिरपेक्षताको बिषयम बेलायति राजदूत एन्ड्री स्पार्कले अधिव्यक्ति दिएपछि बिवादमा आएका थिए ।

Your Opinion

Opinion

advertisement
advertisement