advertisement
Send Us

लहान, २९ पुस । नेकपा (एमाले) सिरहाको नवौंँ जिल्ला सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । स्थानीय पशुपति आदर्श उमाविमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गर्दै पार्टीका उपमहासचिव घनश्याम भुसालले एकीकृत नेकपा(माओवादी) नेतृत्वको मोर्चा एक कदम पछाडि हटे सहमतिका आधारमा माघ ८ गते नै नयाँ संविधान जारी हुने बताउनुभयो । उहाँले संविधान जारी गर्न एमाले, नेपाली […]

पाल्पा, २९ पुस । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान संविधानसभाबाट माघ ८ गते जनसंविधान नबन्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा थापाले संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभाका माध्यमबाट संविधान जारी गर्नुपर्ने दोहो¥याउनुभयो ।

काठमाडौँ, २९ पुस । एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीसदलीय मोर्चाले आज आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । बन्दका क्रममा आज सिरहा, सुनसरी, झापा, बाँके, मोरङ, मकवानपुर र महोत्तरीमा केही सवारीसाधनमा तोडफोड भएको र त्यसबाट ती जिल्लाको जनजीवनमा सामान्य प्रभाव परेको गृह मन्त्रालयले जनाएको छ । तराईका जिल्लामा जबर्जस्ती बन्द गर्दै हिँडेका सात जनालाई […]

जनकपुरधाम, २९ पुस । आन्दोलनका क्रममा सोमबार जनकपुरमा मृत्यु भएका राजाराम झाको शव परीक्षण गर्न प्रहरीले अस्पतालतर्फ लगिरहेको अवस्थामा अहिले झडप भएको छ । आन्दोलनकारीले प्रहरीको एउटा मोटरसाइकलसमेत जलाइदिएका छन् । आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न छ पटक अश्रुग्यास प्रहार गरेको छ । यसअघि आन्दोलनकारी र स्थानीय प्रशासनबीच भएको छबुँदे सहमतिअनुसार […]

काठमाडौँ, २९ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो माघ ८ गतेभित्र नयाँ संधिवान जारी हुने सम्भावना निकै पर पुगेको बताउनुभएको छ । सिंहदरबास्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरुबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुने पनि बताउनुभयो । संवैधानिक राजनीतिक संवाद तथा […]

काठमाडौँ, २८ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अतिवादीहरुका कारण संविधान निर्माणको काम अन्यौलमा परेको बताउनुभएको छ । उहाँले मुलुकको हितभन्दा सस्तो लोकप्रियताका लागि अनावश्यक मुद्दा उच्चाल्नेहरुका कारण मुलुक बन्धकमा परेको धारणा राख्नुभयो । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘संविधान र माघ ८’ विषयक अन्तरक्रिया कार्यक्रममा उपसभापति पौडेलले अनेक बहनामा मुलुकमा पटकपटक लोकतन्त्रमाथि […]

काठमाडौँ, २८ पुस । गृह मन्त्रालयले धनुषा जिल्लामा सुरक्षाकर्मीले कुनै पनि बल प्रयोग नगरेको जनाएको छ । प्रहरीको बल प्रयोगका क्रममा राजाराम झाको निधन भएको भन्ने भनाइमा कुनै पनि सत्यता नभएको भन्दै मन्त्रालयले उपचारको क्रममा उनको निधन भएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भन्नुभयो ‘‘बन्द गराउँदै हिँडेका झा बेहोस भई ढलेको र […]

काठमाडौँ, २८ पुस । संविधानका विवादित विषयमा सहमति हुन नसकिरहेको बेला नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अन्तरिम संविधानमा रहेको ‘अन्तरिम’ शब्द झिकेर जारी गर्न सकिने धारणा अगाडि सार्नुभएको छ । सिंहदबारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता देउवाले सबैको भावना र चाहनालाई आत्मसात् गरेका कारण अन्तरिम संविधान नै मान्य रहेको बताउनुभयो । “सङ्घीयता, शासकीय स्वरुप तथा […]

काठमाडौँ, २८ पुस । संविधानका विवादित विषयमा कुनै पनि सहमति जुट्न नसकेपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले असहमतिको प्रतिवेदन पुनः संविधानसभामा पठाउने भएको छ । संविधानसभाले विवादित विषयमा सहमति जुटाउन प्रदान गरेको समयसीमाको अन्तिम दिन आज पनि दलहरुबीच कुनै पनि निष्कर्ष ननिस्केपछि समितिले संक्षिप्त प्रतिवेदन पठाउन लागेको हो । समितिको आज बसेको बैठकले दलहरुबीच […]

त्रिशूली(नुवाकोट), २८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रदेशको सङ्ख्या र सिमानामा दलहरुले लचकता देखाउने हो भने आगामी माघ ८ मा नै संंविधानको प्रारम्भिक खाका ल्याउन कुनै समस्या नरहने बताउनुभएको छ । च्वाडी उच्चमाविको ५४औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता केसीले भन्नुभयो, “प्रदेशको सङ्ख्या, नाम र सिमानामा विवाद छ, विवादमा अल्झिनेभन्दा पनि सहमतिमा […]