advertisement
Send Us

काठमाडौँ, २३ पुस । संविधानसभाको बैठकमा विभिन्न समयमा राज्य पुनःसंरचनाबारे आफ्ना धारणा राख्ने सभासद्हरुमध्ये धेरैले सामथ्र्य र पहिचानका आधारमा सङ्घीयतामा जानुपर्ने धारणा राखेको एक अध्ययनले देखाएको छ । संविधानसभाको अभिलेखलाई मुख्य आधारमा बनाएर एलाइन्स फर सोसल डाइलगका लागि पत्रकारद्वय तिलक पाठक र भुवन केसीले हालै गरेको अध्ययनमा बोल्नेमध्ये बढी ४५ प्रतिशतले पहिचान र सामथ्र्यलाई आधार […]

अर्घाखाँची, २३ पुस । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले विकास निर्माणमा जनताको खबरदारी आवश्यक रहेको बताउनुभएको छ । अर्घाखाँचीको पटौटी गाविसमा आज पटौटी–खज्र्याङ–तम्घास सडकको शिलान्यास गर्दै मुख्य सचिव पौडेलले विकास निर्माणका कामलाइ गुणस्तरीयता दिन स्थानीय जनता चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले सडक निर्माण गर्दा कताबाट लैजाँदा सुरक्षित यात्रा हुन्छ भन्दा पनि कताको गाउँ र […]

काठमाडौँ, २३ पुस । संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि प्रमुख राजनीतिक दलले केही दिन समय प्रदान गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन् । सहमतिकै आधारमा संविधान लेख्ने प्रयत्न जारी रहेको भन्दै प्रमुख दलले संविधानसभाको बैठकलाई थप केही दिन जारी राख्न अनुरोध गरेका हुन् । संविधानसभा भवन नयाँ बानेश्वरमा सभाध्यक्ष नेम्वाङकै पहलमा बसेको […]

काठमाडौँ, २३ पुस । नेपाल आयल निगमले आउँदो शुक्रबारसम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत महिनामा ग्यास आयातको परिमाणमा केही कमी आएकाले बजारमा अभाव देखिएको स्पष्ट पार्दै निगमले भारतबाट अहिले आयात सहज भइसकेको जानकारी दियो । गत आवको डिसेम्बरमा १९ हजार ७७५ मेट्रिक टन ग्यास […]

काठमाडौँ, २३ पुस । संविधानका विवादित विषयमा निर्णायक र अन्तिम छलफल गर्ने भनेर वार्तामा बसेका नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसवादी दलहरुको आजको बैठक सम्पूर्ण मधेस एक प्रदेशको कुराले बिनानिष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको सुरुमै काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले राज्यको पुनःसंरचनाका सम्बन्धमा तपाइँको धारणा के […]

इटहरी, २२ पुस । शिक्षामन्त्री चित्रलेखा यादवले मुलुक निर्माणका लागि आवश्यक पर्ने दक्ष र ज्ञानी मान्छे उत्पादनका लागि प्राथमिक तहबाट नै गुणस्तरीय शिक्षा दिन राज्यले शिक्षा क्षेत्रमा विशेष जोड दिँदै आएको बताउनुभएको छ । आज सुनसरीको धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक उच्च माविमा सञ्चालन गरिने प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणार्थ सहयोग सङ्कलनका […]

काठमाडौँ, २२ पुस । विभिन्न माग गर्दै मुलुकभर भूमिगत रहेका सशस्त्र समूह शान्तिपूर्ण वार्तामा आएपनि उनीहरूमाथि जघन्य अपराधका मुद्दा फिर्ता नहुने भएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको वार्ता उपसमितिले आज सिंहदरबारमा आयोजना गरेको बैठकमा त्यसबारेमा छलफल भई उक्त सहमति भएको हो । बैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखले सशस्त्र समूहमाथिका राजनीतिक मुद्दा फिर्ता लिन […]

काठमाडौँ, २२ पुस । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले विगतको जनयुद्ध र जनआन्दोलनको भावनालाई आत्मसात् गरेर मात्रै जनताको संविधान बन्ने बताउनुभएको छ । युवा लेखक तारालाल श्रेष्ठको पुस्तक ‘बल्झिरहने अतीत, अल्झिरहने वर्तमान’को आज यहाँ विमोचन गर्दै उहाँले आगामी माघ ८ मा संविधान जारी गर्ने नाममा सबै प्रक्रियालाई मिचेर अगाडि बढ्नाको कुनै […]

काठमाडौँ, २२ पुस । नेपाली काँग्रेस र नेकपा(एमाले)ले एकीकृत नेकपा(माओवादी) र मधेसवादी दलसँग संविधानका विवादित विषयमा निर्णायक र अन्तिम छलफल गर्ने निर्णय गरेका छन् । दुई दलले सहमतिको प्रक्रिया अगाडि बढ्न नसकेको खण्डमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा सहमतिका लागि भन्दै अब धेरै […]

काठमाडौँ, २२ पुस । राष्ट्रिय मानवअधिकार आयोगले बारा सिम्रौनगढ घटनामा निधन भएकाका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उचित उपचार तथा राहत प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । गत असोज २५ गते विद्यार्थी तथा स्थानीयवासीले निकालेको जुलुसमा सशस्त्र प्रहरीले गोली चलाउँदा एकको मृत्यु र एक जना घाइते भएका थिए । घटनामा परी मृत्यु भएका बारा […]