advertisement
Send Us

जबर्जस्ती संविधान जारी गर्ने कुरा गलत हो- डा भट्टराई

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले विगतको जनयुद्ध र जनआन्दोलनको भावनालाई आत्मसात् गरेर मात्रै जनताको संविधान बन्ने बताउनुभएको छ ।

युवा लेखक तारालाल श्रेष्ठको पुस्तक ‘बल्झिरहने अतीत, अल्झिरहने वर्तमान’को आज यहाँ विमोचन गर्दै उहाँले आगामी माघ ८ मा संविधान जारी गर्ने नाममा सबै प्रक्रियालाई मिचेर अगाडि बढ्नाको कुनै अर्थ छैन भन्नुभयो ।

उहाँले आगामी संविधानमा दलितलाई विशेष अधिकार दिनुपर्ने बताउँदै आगामी माघ ८ मा नै जबर्जस्ती संविधान जारी गर्ने भन्ने कुरा गलत भएको बताउनुभयो ।

कृतिमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक विषय, कला, साहित्य, सञ्चारमाध्यममा दलितका विषयलगायतलाई समेटिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement