advertisement
Send Us

सामथ्र्य र पहिचानका आधारमा सङ्घीयतामा जानुपर्ने

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २३ पुस । संविधानसभाको बैठकमा विभिन्न समयमा राज्य पुनःसंरचनाबारे आफ्ना धारणा राख्ने सभासद्हरुमध्ये धेरैले सामथ्र्य र पहिचानका आधारमा सङ्घीयतामा जानुपर्ने धारणा राखेको एक अध्ययनले देखाएको छ ।

संविधानसभाको अभिलेखलाई मुख्य आधारमा बनाएर एलाइन्स फर सोसल डाइलगका लागि पत्रकारद्वय तिलक पाठक र भुवन केसीले हालै गरेको अध्ययनमा बोल्नेमध्ये बढी ४५ प्रतिशतले पहिचान र सामथ्र्यलाई आधार बनाएर राज्य पुनःसंरचना गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, १३ दशमलव ६ प्रतिशतले सामथ्र्यका आधारमा र ९ दशमलव ८ प्रतिशतले पहिचानलाई आधार बनाउन सुझाएका छन् । बैठकमा भाग लिएर सो विषयमा बोल्नेमध्ये २८ प्रतिशत भने राज्य पुनःसंरचनाको आधारबारे मौन रहेको पाइएको छ ।

प्रमुख दलका नेताहरू राज्य पुनःसंरचनालगायतका विवादित अन्तरवस्तुमा छलफलमा जुटिरहेका बेला प्रकाशमा आएको सो अध्ययनमा अघिल्लो संविधानसभाअन्तर्गतको राज्यको पुनःसंरचना एवम् राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदन तथा दोस्रो संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिको प्रतिवेदनलाई सन्दर्भ सामग्री बनाइएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement