advertisement
Send Us

शिक्षालाई गुणस्तरीय बनाउन प्रथामिक तहमा जोड–शिक्षामन्त्री यादव

Click Link to Send:
Click Link to Send:

इटहरी, २२ पुस । शिक्षामन्त्री चित्रलेखा यादवले मुलुक निर्माणका लागि आवश्यक पर्ने दक्ष र ज्ञानी मान्छे उत्पादनका लागि प्राथमिक तहबाट नै गुणस्तरीय शिक्षा दिन राज्यले शिक्षा क्षेत्रमा विशेष जोड दिँदै आएको बताउनुभएको छ ।

आज सुनसरीको धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक उच्च माविमा सञ्चालन गरिने प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणार्थ सहयोग सङ्कलनका लागि आयोजित सप्ताहव्यापी श्रीमद्भागवत पुराणको उद्घाटन गर्दै उहाँले आध्यात्मिक ज्ञानले मानिसलाई अनुशाािसत र विद्धान बन्न अभिप्रेरित गर्ने र विज्ञानका ज्ञान लिन पनि अध्यात्म ज्ञान उचित हुने चर्चा गनुृभयो ।

देशलाई आवश्यक पर्ने दक्ष र प्राविधिक ज्ञान भएको जनशक्ति उत्पादनका लागि प्राथमिक तहका विद्यार्थीलाई उचित र सकारात्मक ज्ञान दिन शिक्षक अभिभावक र समाजले सचेत भएर लाग्न जोड दिँदै उहाँले बालबालिकालाई राष्ट्र निर्माणमा सक्रिय बन्न ज्ञान दिन सक्यौं भने मात्र देश बन्न सक्ने उहाँको कथन थियो ।

दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने मात्र देशको समग्र विकास सम्भव हुनेतर्फ सचेत गराउँदै मन्त्री यादवले शिक्षा क्षेत्र नै लथालिङ्ग भएर बिग्रियो भने देश नै डुब्ने खतरा उत्पन्न हुने भएकाले शिक्षालाई सही मार्गमा अघि बढाउँदै बालबालिकाहरूलाई प्राविधिक विषयमा दक्ष बनाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement