advertisement
Send Us

सिम्रौनगढ घटनाका पीडितलाई क्षतिपूर्ति दिन निर्देशन

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । राष्ट्रिय मानवअधिकार आयोगले बारा सिम्रौनगढ घटनामा निधन भएकाका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उचित उपचार तथा राहत प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

गत असोज २५ गते विद्यार्थी तथा स्थानीयवासीले निकालेको जुलुसमा सशस्त्र प्रहरीले गोली चलाउँदा एकको मृत्यु र एक जना घाइते भएका थिए । घटनामा परी मृत्यु भएका बारा हरिहरपुर–७ का ४२ वर्षीय जयनारायण पटेलको परिवारलाई रु तीन लाख क्षतिपूर्ति दिन तथा उहाँका तीन छोरी र एक छोरालाई उच्चमाध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।

सोही घटनामा परी घाइते हुनुभएका हरिहरपुर–५ का ३० वर्षीय महम्मद साह हवारीलाई रु एक लाख क्षतिपूर्ति दिन सिफारिस गर्दै आयोगले गोली चलाउने प्रहरीको पहिचान गरी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

सो घटना भएलगत्तै उपप्रधानमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा दोषी प्रहरीलाई कारबाही गरिने तथा मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement