advertisement
Send Us

माघ ८ को सम्भावना ट-यो– नेम्वाङ प्रक्रिया सुरु हुने

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २९ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो माघ ८ गतेभित्र नयाँ संधिवान जारी हुने सम्भावना निकै पर पुगेको बताउनुभएको छ ।

सिंहदरबास्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरुबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुने पनि बताउनुभयो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई आज बिहानसम्म दिइएको अन्तिम समयसीमामा पनि संविधानका अन्तर्वस्तुमा सहमति नभएकाले तोकिएको समयमा संविधान ल्याउन कठिन हुने उहाँले स्पष्ट गर्नुभयो ।

आफूले अन्तर्वस्तुमा सहमति भएको अवस्थामा नियम निलम्बन गरेर छोटो प्रक्रियाबाट माघ ८ भित्र संविधान जारी गराउने प्रस्ताव गर्दा पनि दलहरु त्यसतर्फ गम्भीर नभएकाले अब संविधान, कानुन र प्रचलित अभ्यासबमोजिम प्रक्रिया अघि बढ्ने जानकारी उहाँले दिनुभयो ।

उहाँले सहमति जुट्न नसकेका विषयमा प्रश्नावली निर्माणका लागि सभाले विशेष समिति गठन गर्न सकिने जनाउ पनि दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement