advertisement
Send Us

पर्सा, १ माघ । संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादवले माओवादी, जनजाति र मधेसीको एउटै मोर्चा निर्माण गरे मात्र नयाँ नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ । समितिले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक यादवले सम्झौताहीन सशक्त आन्दोलनले मात्र मधेसी, जनजाति, दलित, मुसलमान, महिला, अल्पसङ्ख्यक, पिछडिएका वर्गको हितमा संविधान लेख्न […]

गोलबजार (सिरहा), ३० पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई अपमान गर्ने अधिकार कसैसँग नभएको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरपरिषद्को उद्घाटनसत्रमा आज उहाँले भन्नु भयो“अहिले हामी पहिचान र सम्मानको लडाइँ लडिरहेका छौँ ।” उहाँले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने धारणा राख्नु । उहाँले नवघोषित नगरपालिकाको विकासका लागि विशेष प्राथमिकता दिन सरकारसँग […]

संवेग बस्नेत, काठमाडौं पुस ३० – आर्यघाटमा सवदाह गर्ने कर्मचारीको आन्दोलन सकिन नपाउदै कोषका सुरक्षाकर्मीले समेत आन्दोलन चर्काउने भएका छन । कोषले पशुपति क्षेत्रको सुरक्षाको जिम्मा निजी कम्पनीलाई दिने निर्णय को बिरुद्धमा सुरक्षाकर्मी आन्दोति भएका हुन । कोषका सुरक्षाकर्मीले शुक्रबारबाट आन्दोलनका कार्यत्रमको औपचारिक घोषणा गर्ने एक सुरक्षाकर्मीले जानकारी दिए । कोषका सुरक्षाकर्मीले पशुपतिको सुरक्षाको जिम्मा […]

संवेग बस्नेत ,काठमाडौं पुस २९ – अन्तत: पशुपति क्षेत्र बिकास कोषले चासो नदिएपछि आर्यघाटका कर्मचारीे बिभिन्न माग राखेर आजदेखि आन्दोलनमा उत्रिएका छन । उनीहरुले पटक पटक कोषलाई आफ्ना मागबारे ध्यानाकर्षण गराएका थिए । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पुशपति आर्यघाटमा सवदाहमा अवरोध आएको छ । सवदाहमा अवरोध अएपछि सवदाह गर्न आउनेहरु आफ्न्तको सव आफ्नै जलाउन बाध्य भएका […]

काठमाडौँ, २९ पुस । एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीसदलीय मोर्चाले सहमतिका आधारमा संविधान जारी गर्नका लागि थप जनपरिचालन गर्ने भएको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज साँझ बसेको बैठकले वार्ता र संवादको प्रक्रियालाई जारी राख्दै शान्तिपूर्ण जनपरिचालन गर्ने निर्णय गरेको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मोर्चाले संविधानसभाका अध्यक्षलाई संविधानसभाको […]

काठमाडौँ, २९ पुस । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गर्नुभएको छ । माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज साँझ भएको भेटवार्तामा फेल्टम्यानले संविधान निर्माण प्रक्रियामा कसरी सहभागी हुनहुन्छ भन्ने प्रश्न अध्यक्ष वैद्यसँग गर्नुभएको थियो । संविधानसभा निर्वाचन नै बहिस्कार गरेका कारण राजनीतिक सभामार्फत आफ्नो पार्टी […]

काठमाडौँ, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान भइरहेको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा आफ्ना दुई अधिकृतलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाकाअनुसार शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्माले मुद्दा मिलाइदिन्छु भन्दै जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा नारायण ओझासँग रु दुई लाख घुस लिएको अभियोगमा पक्राउ […]

भीमदत्तनगर, २९ पुस । नेपाली काँग्रेसका नेता रमेश लेखकले माघ ८ मा संविधान जारी हुने सम्भावना न्यून रहेको बताउनुभएको छ । कञ्चनपुरको महाकाली पारी दोधारा–चाँदनी नगरपालिकाको पहिलो नगरपरिषद्को आज उद्घाटन गर्दै नेता लेखकले माओवादीसहितका दलहरूको अवरोधका कारण संविधान बन्ने सम्भावना कम भएको आरोप लगाउनुभयो । सहमतिभन्दा पनि प्रक्रियागत ढङ्गबाट संविधान निर्माणको कामलाई प्राथमिकता दिएमात्रै संविधान […]

भक्तपुर, २९ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्रे फेल्टम्यानबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । आज अपराह्न भएको भेटवार्तामा फेल्टम्यानले अध्यक्ष ओलीसँग देशको वर्तमान राजनीतिक अवस्था, संविधान निर्माणको अवस्था, सहमतिका लागि भएका प्रयासका बारेमा चासो राख्नुभएका ओली निवास स्रोतले जानकारी दिएको छ । राष्ट्र सङ्घका […]

कलैया, २९ पुस । बाराको दिप्राडी गाविस–९ का ६५ वर्षीय भोला ठाकुर अपहरणमा परेका छन् । गएराति घरमा सुतिरहेको अवस्थामा ठाकुरलाई अपरिचित व्यक्तिले सुरुङ खनी अपहरण गरी लगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अपहरणको कारणबारे खुल्न नसकेको र ठाकुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।