advertisement
Send Us

पृथ्वीनारायणलाई सबैले सम्झिए

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २७ पुस । ‘पृथ्वीनारायण शाहको योगदान अनुरुप देश र जनताको लागि यो शरीर यही सुम्पिन तयार छु’ निकै भावुक मुद्रामा पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टले भन्नुभयो ।

सिंहदरबार अगाडि अवस्थित पृथ्वीनारायण शाहको सालिकमा वृद्ध नेता विष्टले यसो भनिरहँदा त्यहाँ उपस्थित पृथ्वीनारायणका अनुयायी राष्ट्रप्रेमी सर्वसाधारणको आँखा रसाएको थियो ।

prithbi_jayanti_

खण्डित प्राचिन नेपाललई एकीकरण गरी समृद्धिको दिशामा अघि बढाउन योगदान पु¥याउनुहुने राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहलाई वेवास्ता गरेको र अहिले देश चरम सङ्क्रमणमा रहेका बेला यस्ता थुप्रै राष्ट्रप्रेमी नेपालीले यसैगरी सम्झेका होलान् ।

दुईसय त्रियानब्बेऔँ पृथ्वीजयन्ती समारोह, राष्ट्रिय एकता दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायणप्रति यस्तैखाले भावपूर्ण विलौना र आक्रोश झल्किन्थ्यो । बाक्लो सङ्ख्यामा उपस्थित राजनीतिज्ञ, समाजसेवी एवम् सर्वसाधारण नागरिकमा निकै कौतुहलता र उत्साह दुवै देखिन्थ्यो राष्ट्र निर्माताप्रतिको वाणी गुञ्जायमान हुदाँ ।

आफूलाई पृथ्वीनारायणको सालिक अगाडि उभिन पाउँदा निकै गर्भको अनुभूति भएको भावना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री विष्टले थप्नुभयो, “आज उहाँजस्तो व्यक्तिले आधुनिक नेपाल राज्यको निर्माण गरी विश्वसामु उभ्याउन सफल हुनुभयो । नेपालका लागि हामी मरिमेट्न तयार छाँै तर लाजमर्दो विषय त्यही नेपाल निर्माण गर्ने व्यक्तिलाई आज राष्ट्र र जनताले बिर्सदैछ ।”

पृथ्वीनारायणलाई सम्मान दिनसक्ने क्षमता अहिलेको राज्य नेतृत्वमा नहुनु विडम्बना हो भन्दै उहाँले विभिन्न राज्यमा विभाजित नेपाललाई एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायणलाई आम नेपालीले कहिल्यै पनि विर्सन नहुने बताउनुभयो ।

सशस्त्र प्रहरी बलको ब्यान्ड बाजा र मङ्गल धुनका साथमा पञ्चेबाजा र सङ्खघोसले उपस्थित भीडलाई रौनकता दिएको थियो ।

तिनैमध्ये काठमाडौँ बल्खुका रामबहादुर कार्की पृथ्वीनारायण नभएको भए अहिले हामीले नेपाल र नेपाली भन्ने अवस्था आउने थिएन भन्दै अहिलेका नेतृत्व र नेताहरुले देशलाई विर्सन खोजेको टिप्पणी गर्नुभयो ।

जोरपाटीका योगेन्द्रकुमार श्रेष्ठ पृथ्वीनारायण शाहलाई देशको असल राजनेता ठान्नुहुन्छ । आजको राष्ट्र बनाउन उहाँले खेलेको भूमिकालाई राष्ट्र र जनताले कहिल्यै विर्सन नहुने उहाँको तर्क छ ।

राष्ट्रिय एकता दिवस मूल समारोह समितिका अध्यक्ष एवम् संस्कृतिविद् मोदनाथ प्राश्रितले नेपाललाई विभिन्न ढङ्गले विखण्डन गर्ने र राष्ट्रिय अखण्डतालाई अस्तव्यस्त पार्नेकाम भइरहेकोप्रति चिन्ता प्रकट गर्नुभयो ।

“हामीले पृथ्वीनारायणलाई पनि गर्व गर्दैनौ भने राज्यलाई कसरी मान्छौ । २२ से , २४ से खण्डित राज्यको प्राचिन नेपाललाई एकीकरण गर्ने एकताका प्रतिकलाई किन नमान्ने । छिमेकी देश भारतमा महात्मा गान्धी र चीनमा माओत्सेतुङलाई राष्ट्रपिता मानेजसरी पृथ्वीनारायणलाई पनि मान र सम्मान चाहिन्छ,” उहाँले भन्नुभयो ।

प्रा डा रमेश ढुङ्गेलले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायणले पु¥याएको योगदानलाई कहिल्यै पनि भुल्न नहुने भन्दै उहाँ नेपाली एकता र वास्तविक संस्कृतिका धरोहर भएको उल्लेख गर्नुभयो ।

राजनीतिज्ञ दीर्घराज प्रसाईंले जुनसुकै राजनीतिक परिवर्तन र सरकार आएपनि पृथ्वीनारायणको दिव्य उपदेशलाई राष्ट्रको मूल नीतिको रुपमा लागू गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा उपस्थित विभिन्न राजनीतिज्ञ, नागरिक अगुवा, समाजसेवी तथा सर्वसाधारणले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

यसैबीच पृथ्वीनारायण शाहको २९३औं जन्मजयन्तीको उपलक्षमा राष्ट्रि«य एकता दिवस तथा पृथ्वी जयन्ती नागरिक समारोह समितिले आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँले देशको एकीकरणमा पु¥याएको योगदानको चर्चा गरियो ।

कार्यक्रममा पृथ्वी विचार अभियानका अभियन्ता भरत बस्नेतले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न पु¥याएको योगदानलाई राष्ट्र र जनताले भुल्न नहुने बताउनुभयो ।

सो अवसरमा अभियन्ता बस्नेतले ‘धर्म निरपेक्षता र धार्मिक विस्तारवाद’ नामक पुस्तकको पनि लोकार्पण गर्नुभयो ।

कार्यक्रमपछि साँस्कृतिक बाजागाजासहितको ¥यालीले डिल्लीबजार, पुतली सडक, प्रदर्शनी मार्ग, भद्रकाली परिक्रमा गर्दै सिंहदरवार अगाडिको पृथ्वीनारायणको सालिकमा माल्यापर्ण गरिएको थियो ।

प्रतिष्ठानले आगामी वर्षदेखि पृथ्वी जयन्तीलाई महोत्सवका रुपमा मनाउने
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदानको स्मरणस्वरुप नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी वर्षदेखि पृथ्वी जयन्तीलाई महोत्सवका रुपमा मनाउने जनाएको छ ।

राष्ट्रिय एकता दिवस एवम् २९३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिक शास्त्र विभाग, त्रिवि इतिहास केन्द्रीय विभाग र नेपाल इतिहास सङ्घ काठमाडौँको संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने धारणा राख्नु भयो ।

उहाँले छिट्टै नै प्रतिष्ठानले नेपालको सामाजिक शास्त्रका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छलफल चलाउने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रा डा तुलसीराम वैद्यले ‘पृथ्वीनारायण शाह ः नेपाल राष्ट्र निर्माणका अभियन्ता’ विषयक कार्यपत्र प्रस्तुत गर्र्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकै कारण नेपाललाई स्वतन्त्र राष्ट्र भन्न पाएको र उहाँको राजनीतिक कार्ययोजना र उपदेश अहिले पनि सान्दर्भिक रहेको छ भन्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा डा त्रिरत्न मानन्धर, कृष्णबहादुर थापा, प्रा सुरेन्द्र केसी, इतिहास सङ्घका अध्यक्ष प्राडा विजयकुमार मानन्धर, डा रमेश ढुङ्गेल, डा जगमान गुरुङ, र प्राज्ञ दिनेशराज पन्तले पृथ्वीनाराण शाह कार्यकालको कमजोरी औँल्याइएको छैन भन्दै त्यस अघिको इतिहासलाई पनि व्याख्या गर्नुपर्ने बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement