advertisement
Send Us

माघ १ देखि गौतमबुद्ध विमानस्थलको काम अघि बढ्ने

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २४ पुस । सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउनका लागि पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने विज्ञले सुझाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रवद्र्धन र मिडिया इन्टरनेसनलको आयोजनामा ‘आर्थिक समृद्धि ः राष्ट्रिय बहस’ कार्यक्रमका वक्ताले विमानस्थलदेखि सडकको स्तरसम्म सुधार हुनुपर्ने औँल्याएका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले सरकारले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गरेको तर त्यसको प्रतिफल नदेखिएको भन्दै नेपालमा बिजुली उत्पादनपछि पर्यटन नै प्रमुख आधार भएको बताउनुभयो ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पर्यटनको विकासका लागि पूर्वाधारको विकास अपरिहार्य रहेको भन्दै पर्यटक यहाँ आएपछिको अवस्था र उनीहरुको खर्च र व्यवहारिक प्रक्रियाको पनि मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले १५ वर्षदेखि मुलुकको अर्थतन्त्रमा प्रगति नभएको भन्दै पर्यटन विकासका लागि पूर्वाधार र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पर्यटक घुम्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटाले सरकार पर्यटन योजना अनुमोदनका क्रममा रहेको र पछिल्लो पटक पूर्वाधारको विकासमा सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माघ १ देखि गौतमबुद्ध विमानस्थलको काम अघि बढ्ने छ, त्यस्तै पोखरा र निजगढ विमानस्थलका लागि पनि सरकारले प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि लगानीको प्रतिबद्धता आइसकेको छ, नयाँ एयरलाइन्स थप्ने प्रक्रियामा छौँ ।”

Your Opinion

Opinion

advertisement
advertisement