advertisement
Send Us

राष्ट्रिय एकता दिवसका अवसरमा चियापान

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज यहाँ चियापान कार्यक्रमको आयोजना गरेको छ ।

सो समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले सकेसम्म सहमतिमै नसके प्रक्रियामै गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने बताउनुभयो ।

RPPN TEA RECEPTION

सभामुख सुवास नेम्वाङले पुस २९ गते ११ बजे संविधानसभाको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट प्रस्ताव कसरी आउँछ त्यहीअनुसार प्रक्रिया बढ्ने र समितिबाट सहमतिको प्रस्ताव आए अझै माघ ८ मा संविधान जारी गर्न सकिन्छ भन्नुभयो ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान नेपाली जनता र राष्ट्रको भावी दिशा निर्धारण गर्नका लागि हो भन्दै कसैले पनि धम्क्याएर संविधान आउन दिन्न भन्ने सोच्न नहुनेमा जोड दिनुभयो ।

नेकपा (एमाले) नेता माधवकुमार नेपालले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डतामा असर पु¥याउने कुरामा सहमति गर्न नकिने र बाँकी कुरामा सहमति गरेर भए पनि संविधान जारी गर्ने बताउनुभयो ।

चियापान समारोहमा ऊर्जामन्त्री राधा ज्ञवाली, कानुन न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर राणा, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, कूटनीतिक नियोगका प्रतिनिधि, कानुनविद्, कलाकार, चिकित्सक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष आफ्नो पार्टीले राष्ट्रिय एकता दिवस मनाउने गरेको जानकारी दिनुभयो ।

उहाँले विगतको दिनभन्दा अहिले राष्ट्रिय एकता दिवसप्रति सरकार र दलको सकरात्मक दृष्टिकोण रहेपनि राष्ट्रिय मान्यता पाउन नसक्दा त्यसको महत्व संस्थागत हुन नसकेको भए पनि आगामी दिनमा सरकारले नै यो दिवसलाई मनाउने विश्वास व्यक्त गर्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement