advertisement
Send Us

लहानमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्रीसहित पाँचजना घाइते

Click Link to Send:
Click Link to Send:

लहान, २८ पुस । मधेस बन्द आह्वान गरेको एनेकपा माओवादीसहितको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज सिरहाको लहानमा झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना प्रदर्शनकारी घाइते भएका छन् ।

बन्द सफल बनाउन सडकमा ओर्लेको मोर्चासँग आबद्ध नेता कार्यकर्ता र प्रहरीबीच सिरहाको लहानस्थित पेट्रोलपम्प नजिकै झडप भएको हो ।

प्रहरीको लाठी प्रहारबाट पूर्वमन्त्री राजलाल यादव, तमलोपाका नेता राकेश झा, मो. गुलाब लगायतका पाँचजना आन्दोलनकारी घाइते भएका छन् ।

घाइतेहरुको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपपछि सो क्षेत्र अहिले तनाबग्रस्त बनेको छ । थप अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । आफूहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै आए पनि प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीले बताएका छन् ।

यस्तै, बन्दकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको विभिन्न स्थानमा यातायात सेवामा अवरोध गरेपछि सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्रस्थित राजमार्गमा सयाँैको सङ्ख्यामा सवारी साधन रोकिएका छन् ।

पश्चिमबाट आएको सयौँ सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यमा लागि हिँडेका यात्रु अलपत्र परेका छन् । रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पठाउन आन्दोलनरत मोर्चाका नेताहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement