advertisement
Send Us

सप्तरी, २३ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा गए राति आफैँले चलाएको मोटरसाइकल ठोकिँदा चालक हेटौँडाका अग्निप्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ग ३४ प १९ नंम्बरको मोटरसाइकल मोहली पुलमा ठोकिँदा मोटरसाइकल चालक हेटौँडा नगरपालिका–५ का ४५ वर्षीय सापकोटाको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका दीपेन्द्र थापा […]

ललितपुर, २३ माघ । ललितपुर ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र यात्रुसहित २६७ जनालाई कारबाही गरेको छ । गत पुस २८ गते लगनखेलबाट कुपण्डोलसम्म चल्ने सार्वजनिक यातायातका साधनका लागि १० स्थान निर्धारण गरिएको भए पनि चालकले जथाभावी गाडी रोक्ने, यात्रु चढाउने र ओराल्ने गरेकाले चालक २०३ जना तथा जथाभावी गाडी रोक्ने यात्रु ६४ […]

हुम्ला, २२ माघ । हुम्लामा तीन दिनदेखि हिमपात भइरहेको छ । हिमपातका कारण सदरमुकाम सिमीकोटमा दुई फिटसम्म हिउँ जमी जनजीवन कष्टकर बनेको छ । हिउँ परेसँगै अत्याधिक चिसो बढेको छ । हिमपातका कारण एक मात्र हवाई सेवा पनि बन्द हुनाका साथै मोबाइल र विद्युत् सेवासमेत अवरुद्ध भएको छ । यसैबीच सिमीकोट विमानस्थलमा जमेको हिउँ सभासद् […]

दमौली, २२ माघ । विद्यार्थी सङ्ख्या कम भएका तनहुँका १२ वटा सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यार्थी सङ्ख्या कम भई बन्द हुनेमा शिव प्रावि सतिश्वाँरा– २, बालज्योति प्रावि रुपाकोट–१, लक्ष्मी प्रावि जामुने– ३, भुवानी प्रावी तनहुँसुर– ७, महादेव प्रावि तनहुँसुर– ६ रहेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । त्यस्तै बन्द हुने अन्य विद्यालयमा […]

तुलसीपुर (दाङ), २२ माघ । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले बुधबार जिल्लाका विभिन्न ठाउँबाट अवैधरुपमा सञ्चालन हुँदै आएका आधादर्जन जिप नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका जिपलाई बुधबारनै पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक पनि गरेको छ । सार्वजनिक गरिएका गाडीमा ना१ज १२२३, रा१ज ११९, रा१ज ३६४, रा१ज २८५, रा१ज १६९, ना१ज १३४२ र एउटा नम्बर […]

मेलम्ची, २२ माघ । सिन्धुपाल्चोकमा एक लाख ८३ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखामा आयोजित मतदाता सङ्कलन तथा अद्यावधिक कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार सो सङ्ख्यामा जिल्लाको कुल जनसङ्ख्याको ६३÷१५ प्रतिशत हुन आउँछ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको […]

नेपालगन्ज, २२ माघ । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो । सो कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिला शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको […]

गाईघाट (उदयपुर), २२ माघ । तीन दिनअघि हत्या गरिएका उदयपुर सिमेन्ट उद्योगस्थित सनराइज बैंकका सुरक्षा गार्ड खेमबहादुर बानियाँको अझैसम्म पनि दाहसंस्कार हुन सकेको छैन । लुटेराले सोमबार राति बैंकको एटिएम सेफ बक्स फुटाउने प्रयासको क्रममा बानियाँलाई हत्या गरेर बैंकको चर्पी कोठामा फालेर फरार भएका थिए । बानियाँको वास्तविक हत्यारालाई पक्राउ गरेर पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध […]

चरिकोट, २१ माघ । दोलखाको सदरमुकाम चरिकोटको सातदोबाटोस्थित सडक विस्तार गर्ने क्रममा आज दिउँसो दुई महिला मजदुर ढिस्कोले पुरिएर गम्भीर घाइते भएका छन् । सडकमा कार्यरत मजदुर सुस्पाक्षमावती गाविस–५ घर भई हाल चरिकोट बस्दै आएकी अन्दाजी ४० वर्षीया लक्ष्मी थामी र सिन्धुपाल्चोक ठुनपाखार गाविस निवासी अन्दाजी ४० वर्षीया ज्ञानु योञ्जनलाई बेहोस अवस्थामा प्रहरीले माटोभित्रबाट उद्धार […]

ललितपुर, २१ माघ । अव्यवस्थित जीवनशैली, प्रदूषित वातावरण र तनावका कारण नेपालमा हरेक वर्ष ५८ हजार क्यान्सर रोगी थपिने गरेका छन् । विश्व क्यान्सर दिवसको अवसरमा नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले आज क्यान्सर रोगीसँग गरेको अन्तरक्रिया कार्यक्रमा रिसर्च सेन्टरका प्रमुख प्रो श्यामकृष्ण जोशीले पछिल्लो समय अव्यवस्थित जीवनशैली, तनाव र सुर्तीजन्य वस्तुको प्रयोगका कारण फोक्सोको […]