advertisement
Send Us

हरेक वर्ष देशमा अन्ठाउन्न हजार नयाँ क्यान्सर रोगी थपिँदै

Click Link to Send:
Click Link to Send:

lung cancerललितपुर, २१ माघ । अव्यवस्थित जीवनशैली, प्रदूषित वातावरण र तनावका कारण नेपालमा हरेक वर्ष ५८ हजार क्यान्सर रोगी थपिने गरेका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले आज क्यान्सर रोगीसँग गरेको अन्तरक्रिया कार्यक्रमा रिसर्च सेन्टरका प्रमुख प्रो श्यामकृष्ण जोशीले पछिल्लो समय अव्यवस्थित जीवनशैली, तनाव र सुर्तीजन्य वस्तुको प्रयोगका कारण फोक्सोको क्यान्सर रोगी बढ्दै गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा अन्य क्यान्सर रोगीको तुलनामा हरेक वर्ष १८ हजारदेखि २० हजार फोक्सोको क्यान्सर रोगी र ५८ हजार विभिन्न प्रकारका नयाँ क्यान्सर रोगी थपिने गरेका छन् ।

सोही अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख केदारराज पराजुलीले तौल घट्दै गए, खानामा रुचि नभए, नियमित टाउको दुखे तुरन्तै चिकित्सकको सल्लाह लिन आग्रह गर्नुृभयो ।

सहभागी क्यान्सर रोगीहरुले निश्चित स्थानमा मात्र यस रोगको उपचार गर्ने अस्पताल भएकाले धेरै बिरामीले अकालमा ज्यान गुमाउनु परेको गुनासो गरेका थिए ।

Your Opinion

Opinion

advertisement
advertisement