advertisement
Send Us

ढिस्कोले पुरिएर दुई घाइते

Click Link to Send:
Click Link to Send:

matoko-dhiskoचरिकोट, २१ माघ । दोलखाको सदरमुकाम चरिकोटको सातदोबाटोस्थित सडक विस्तार गर्ने क्रममा आज दिउँसो दुई महिला मजदुर ढिस्कोले पुरिएर गम्भीर घाइते भएका छन् ।

सडकमा कार्यरत मजदुर सुस्पाक्षमावती गाविस–५ घर भई हाल चरिकोट बस्दै आएकी अन्दाजी ४० वर्षीया लक्ष्मी थामी र सिन्धुपाल्चोक ठुनपाखार गाविस निवासी अन्दाजी ४० वर्षीया ज्ञानु योञ्जनलाई बेहोस अवस्थामा प्रहरीले माटोभित्रबाट उद्धार गरेको हो । प्रहरीले माटोको ढिस्को खस्ने बित्तिकै उद्धार गर्दा मृत्यु हुनबाट बचेका छन् ।

ढिस्को झर्ने बित्तिकै घ्याङसुकाठोकर गाविस–२ घर भएकी विन्दिका भण्डारी भने भागेर बच्न सफल हुनुभएको छ । घाइतेको चरिकोटस्थित च्छो–रोल्पा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उक्त सडक युनाइटेड स्काई विल्डर्स जेभी काठमाडौँले विगत केही महिनादेखि सडक मर्मतको जिम्मा लिएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement