advertisement
Send Us

तीन दिनदेखि हिमपात

Click Link to Send:
Click Link to Send:

himpataहुम्ला, २२ माघ । हुम्लामा तीन दिनदेखि हिमपात भइरहेको छ ।

हिमपातका कारण सदरमुकाम सिमीकोटमा दुई फिटसम्म हिउँ जमी जनजीवन कष्टकर बनेको छ । हिउँ परेसँगै अत्याधिक चिसो बढेको छ । हिमपातका कारण एक मात्र हवाई सेवा पनि बन्द हुनाका साथै मोबाइल र विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

यसैबीच सिमीकोट विमानस्थलमा जमेको हिउँ सभासद् जीवनबहादुर शाहीको नेतृत्वमा प्रजिअ, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारीको सक्रियतामा फाल्ने काम सुरु भएको ।

Your Opinion

Opinion

advertisement
advertisement