advertisement
Send Us

चालक र यात्रुसहित दुई सय बढी कारबाहीमा

Click Link to Send:
Click Link to Send:

traffic_policeललितपुर, २३ माघ । ललितपुर ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र यात्रुसहित २६७ जनालाई कारबाही गरेको छ ।

गत पुस २८ गते लगनखेलबाट कुपण्डोलसम्म चल्ने सार्वजनिक यातायातका साधनका लागि १० स्थान निर्धारण गरिएको भए पनि चालकले जथाभावी गाडी रोक्ने, यात्रु चढाउने र ओराल्ने गरेकाले चालक २०३ जना तथा जथाभावी गाडी रोक्ने यात्रु ६४ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखा जावलाखेलका प्रमुख सीताराम हाछेँथुले बताउनुभयो ।

उहाँका अनुसार तोकिएको स्थानबाहेक अन्त्य गाडी रोकेकाले चालक र जथाभावी गाडी रोक्ने प्रयास गरेकाले यात्रु कारबाहीमा परेका हुन् । कारबाहीस्वरुप चालकलाई जनही रु २०० जरिवाना र प्रशिक्षण कक्षा तथा यात्रुलाई प्रशिक्षण कक्षा दिइएको थियो ।

यात्रु चढाउन ओराल्न र यात्रुले गाडी रोक्नका लागि लगनखेल, पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल, दमकल मोड, पुल्चोक, हरिहरभवन, इनारमोड र कुपण्डोलसहितका स्थान निर्धारण गरिएको छ ।

ट्राफिक प्रहरीले चालकलाई सहज होस् भन्दै निर्धारण गरिएको १० स्थानसहितको कार्ड पनि वितरण गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement