advertisement
Send Us

मोटरसाइकल दुर्घटनामा अग्निप्रसाद सापकोटाको मृत्यु

Click Link to Send:
Click Link to Send:

bike-accidentसप्तरी, २३ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा गए राति आफैँले चलाएको मोटरसाइकल ठोकिँदा चालक हेटौँडाका अग्निप्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ग ३४ प १९ नंम्बरको मोटरसाइकल मोहली पुलमा ठोकिँदा मोटरसाइकल चालक हेटौँडा नगरपालिका–५ का ४५ वर्षीय सापकोटाको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका दीपेन्द्र थापा गम्भीर घाइते भएका छन् ।

घाइतेको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement