advertisement
Send Us

विराटनगर, ९ फागुन । ओखलढुङ्गामा शुक्रबार साँझ घरको गारो भत्किँदा एक कामदारको मृत्यु भएको छ । मानेभन्ज्याङ–३ का होमबहादुर श्रेष्ठको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय होममाया श्रेष्ठको निर्माणाधीन घर निर्माणको क्रममा भत्किँदा सो घटना भएको हो ।

सिराहा, ९ फागुन । सिराहाको चोहर्वास्थित भित्रि सडकमा स्कुल बसको ठक्करबाट गएराति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको नाम र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ना.४ख १११ नम्बरको सगरमाथा उच्च मावि मिर्चैयाको बसको ठक्करबाट महिलाको मृत्यु भएको हो । घटनापछि बसका […]

गोरखा, ९ फागुन । । गोरखाको विभिन्न पाँच विद्यालयलाई ट्रन स्ट्रोन फाउन्डेसन युएसएले कम्प्युटर वितरण गरेको छ । हेल्पिङ ह्यान्ड फर हिमालयन पिपुल अभियानअन्तर्गत जिल्लाको क्षेत्र नं ३ को मसेल क्षेत्रका विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । ‘एक विद्यालय एक कम्प्युटर’ नाराका साथ उक्त संस्थाले बगुवा गाविसको दुधकन्या प्रावि, मसेलको दुल्लभ उमावि र दुल्लभ क्याम्पस, […]

सोलुखुम्बु, ९ फागुन । सोलुखुम्बुको मुक्ली गाविसभित्र जो कसैले विवाह, व्रतबन्ध, काजक्रियाजस्ता सामाजिक कार्य गर्दा मानिस भेला हुने स्थानमा अनिवार्य अस्थायी चर्पी बनाउनुपर्ने भएको छ । गाउँस्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति मुक्लीको शुक्रबार सम्पन्न बैठकले सामाजिक कार्यमा अस्थायी शौचालय अनिवार्य गरेको हो । त्यस्तो शौचालय नबनाई सामाजिक कार्य गरेमा त्यस्ता घरपरिवारलाई रु एक हजार […]

काठमाडौँ, २ फागुन । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधानका विवादित विषयमा प्रक्रिया अगाडि बढ्दैगर्दा सहमतिको पनि उत्तिकै सम्भावना भएकोले संवादका लागि दलहरुसँग आग्रह गर्नुभएको छ । नेपाल युवा समाजद्वारा यहाँ आज आयोजित ‘सहमति, सहकार्य र एकता, राष्ट्रका निम्ति आवश्यकता’ विषयक अन्तक्र्रियामा उहाँले संविधान निर्माणको निम्ति दलहरुले आ–आफ्नो हठ त्यागेर सहमतिमा आउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका […]

काठमाडौँ, २ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा नीलराज पोख्रेलको स्मृतिमा उहाँका पुत्र दीपेन्द्र पोख्रेलले लेख्नुभएको “बटेश्वरका बृहस्पति” नामक पुस्तक लोकार्पण समारोहमा आज उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । मन्त्री निधिले मोफसलले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका विषयमा […]

बुटवल,१ फागुन । सरकारका मुख्य सचिव लीलामणि पौडेलले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र धराशायी हुँदै गएको बताउनुभएको छ । उद्योग व्यापार सङ्गठन देवदहले आयोजना गरेको प्रथम राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको आज रुपन्देहीको देवदहमा उद्घाटन गर्दै मुख्य सचिव पौडेलले धान्नै नसकिने गरी व्यापार घाटा बढेकाले आयातलाई प्रतिस्थापन गर्ने खालका उत्पादनमूलक उद्योग […]

काठमाडौँ, २९ माघ । व्यवस्थापिका–संसद्अन्तर्गतको सुशासन तथा अनुगमन समितिमा उजुरीको चाङ लागेपछि अधिकांश सांसदले उजुरीको वर्गीकरण गरेर मात्र आवश्यक कारबाही गर्नुपर्ने सुझाव दिएका छन् । अन्यायमा परेका व्यक्तिलाई न्याय दिने तथा भ्रष्टाचार र अनियमितताका मामिलामा छानबिन गरी कारबाही गर्ने विभिन्न सरकारी निकाय भएको भन्दै सांसदले समितिमा परेका सबै उजुरीको सुनुवाइ गर्दा समिति उद्देश्य विमुख हुने […]

काठमाडौँ, २९ माघ । चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ । नेपालको भ्रमणमा रहनुभएका उक्त मुलुकका स्वास्थ्य राज्यमन्त्री मोहम्मद हबिबले निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो चाहना व्यक्त उहाँले चिकित्सा विज्ञानका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नेपालले हासिल गरेको उपलब्धि आफ्नो मुलुकका लागि […]

काठमाडौँ, २७ माघ । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान अवस्थामा देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज बुझाएको ज्ञापनपत्र लिँदै उहाँले आन्दोलनका पक्षमा आफू नभएको बताउँदै आन्दोलन नभई सहमतिका साथ अघि बढनुपर्नेमा जोड दिनुभयो। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष नेतृत्वको ३० दलीय मोर्चामा रहनुभएका गच्छदारले देश अहिले […]