advertisement
Send Us

दाङमा आधादर्जन अवैध गाडी प्रहरीको नियन्त्रणमा

Click Link to Send:
Click Link to Send:

Goodतुलसीपुर (दाङ), २२ माघ । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले बुधबार जिल्लाका विभिन्न ठाउँबाट अवैधरुपमा सञ्चालन हुँदै आएका आधादर्जन जिप नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका जिपलाई बुधबारनै पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक पनि गरेको छ । सार्वजनिक गरिएका गाडीमा ना१ज १२२३, रा१ज ११९, रा१ज ३६४, रा१ज २८५, रा१ज १६९, ना१ज १३४२ र एउटा नम्बर नभएको निलो रङ्गको जिप रहेका छन् ।

ती गाडी तुलसीपुरदेखि पश्चिममा पर्ने दोघरे भन्ने स्थानबाट नियन्त्रणमा लिएको जानकारी राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेयले दिनुभयो ।

ती गाडीको यातायात व्यवस्था कार्यालय राप्तीमा कुनै पनि अभिलेख नपाएको र ती सबै चोरीकै गाडी रहेको वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।

ती गाडी नियन्त्रणमा लिएपछि हालसम्म कुनै पनि व्यक्ति सम्पर्कमा आएका छैनन् भने गाडी चालक भने फरार रहेका छन् । ती सबै गाडी पश्चिम क्षेत्रका ग्रामीणस्तरमा सञ्चालन हुँदै आएका थिए ।

नियन्त्रणमा लिएका गाडीलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत हप्ता पनि राप्ती अञ्चल प्रहरी कार्यालयले चार वटा पिकअप र १४ वटा चोरीका मोटरसाइकललाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement