advertisement
Send Us

चितवन,१६ माघ। पश्चिमेली सभ्यता र संस्कृतिको नाउंमा बढि विकृति फैलिएकोले सँस्कृति जर्गेनाको लागि युवा शक्ति जागरुक भएको छ । आधुनिकतासँगैं युवाहरु विदेशी संस्कृतिकलाई मान्यता दिईरहेको बेला सम्पूर्णमा धर्मको जर्गेना गर्नुपर्ने भन्ने भावनाको विकास गराउनको लागि सुधार चेतना क्लव नारायणी नगरपालिका ४ चैतन्यबस्तीले आज बृहत् एक दिवसीय भजन कार्यक्रम सम्पन्न गरेको छ । ग्रामिण क्षेत्र लगाएत […]

हेटौंडा, १६ माघ। मृग तृष्णा कला साहित्यक डबली मनहरी र शब्द यात्रा हेटौंडाको संयूक्त आयोजनामा आज मकवानपुरको मनहरीमा वसन्त काव्य शिविर भएको छ । वसन्त पञ्चमीको दिनमा गर्नुपर्ने यो कार्यक्रम पछि सारेर आज गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा साहित्यकारहरुले आँशु लेखन अन्तर्गत वसन्त शिविरमा कविता तथा मुक्तक लेखेका थिए । कार्यक्रममा सहित्यकारहरु राम […]

काठमाडौँ, १६ माघ । पूर्वसोभियत सङ्घ अर्थात् वर्तमान रुसबाट उच्च शिक्षा अध्ययन गरेर आएको जनशक्तिले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ । जनमैत्री विश्वविद्यालय रुसको ५५औं वार्षिकोत्सवका अवसरमा मित्रकुञ्ज संस्थाले आज यहाँ आयोजना गरेको ‘जनमैत्री विश्वविद्यालयले नेपालको मानव संसाधनमा खेलेको भूमिका’ विषयको कार्यशालाका वक्ताले नेपालको प्राविधिक क्षेत्रको दक्ष […]

काठमाडौँ, १५ माघ। ब्रेन ट्युमरबाट पीडित पत्रकार तथा प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका लागि नेपाल पत्रकार महासंघ, हिमालय टेलिभिजन प्रतिष्ठान शाखाले आर्थिक सहयोग गरेको छ । टेलिभिजनमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वाइ पी घिमिरेले युनियनका अध्यक्ष बद्री सिग्देललाई सात हजार छ सय पैतालीस रुपैया“ हस्तान्तरण गर्नु भयो । उक्त रकम हिमालय टेलिभिजनमा कार्यरत […]

भक्तपुर, १५ माघ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान जारी गर्न नदिने प्रवृत्तिलाई जटिल रोगी मानसिकताको संज्ञा दिनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तै रोगी मानसिकताले नै संविधान निर्माणमा अवरोध पु¥याएको बताउनुभयो । मन्त्री पण्डितले भन्नुभयो, “जनताले संविधान चाहिरहेका छन् तर जनताको चाहनाविपरीत संविधान निर्माणमा रोगी मानसिकताले […]

काठमाडौँ, १५ माघ । संविधानका विवादित विषयका सन्दर्भमा गठित प्रश्नावली समितिको बैठक यही माघ १७ गते शनिबार अपराह्न १ बजे बस्ने भएको छ । संविधानसभाको यही माघ ११ गते बसेको बैठकले एमाओवादीलगायत दलको अवरोध भए पनि ४९ सदस्यीय प्रश्नावली समिति निर्माण गरेको थियो । सो समिति ७३ सदस्यीय भए पनि एमाओवादी नेतृत्वमा रहेको १९ दलीय […]

काठमाडौँ, १५ माघ । एकीकृत नेकपा(माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरू प्रश्नावली समितिको बैठकमा सहभागी नहुने जानकारी दिनुभयो । ‘‘गलत मनशायका साथ गठन गरिएको समितिमा सहभागी हुने कुनै योजना छैन, हामी मात्रै होइनौँ १९ दलीय गठबन्धनका कुनै पनि दल र सभासद् सो समितिको बैठकमा सहभागी नहुने सामूहिक निर्णय छ’’ पोखरेलले भन्नुभयो । आजै मात्र एमाओवादीका […]

काठमाडौँ, १५ माघ । नेकपा (एमाले)को आज बसेको स्थायी कमिटीको पाँचौँ बैठकले यही माघ ११ गते संविधानसभाबाट विवादित विषयमा प्रश्नावली तयार गर्न ‘प्रस्ताव निर्माण समिति’ गठन हुनुलाई सकारात्मक ठान्दै सो कदमले संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन योगदान पुगेको ठहर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको सो बैठकमा […]

काठमाडौँ, १५ माघ । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको सो समितिको बैठकमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसहितको उपस्थितिमा छलफल भएपछि समितिका सभापति […]

काठमाडौँ, १४ माघ । राष्ट्रिय समाचार समिति (रासस) चितवन प्रतिनिधि पत्रकार नारायण अधिकारीमाथि भएको आक्रमण सुनियोजित खालको अपराधिक घटना भएको ठहर नेपाल पत्रकार महासङ्घले गरेको छ । ‘बाटो छेकेर पत्रकारको समाचार लेख्ने हातमाथि नै हतियार प्रहार हुनुले यो घटना नियोजित र ज्यान मार्ने उद्देश्यले गरिएको’ महासङ्घद्वारा गठित छानविन समितिले आज यहाँ सार्वजानिक गरेको प्रारम्भिक प्रतिवेदनमा […]