advertisement
Send Us

मकवानपुरे साहित्यकारहरु वसन्त काव्य शिविर

Click Link to Send:
Click Link to Send:

Spot poem writingहेटौंडा, १६ माघ। मृग तृष्णा कला साहित्यक डबली मनहरी र शब्द यात्रा हेटौंडाको संयूक्त आयोजनामा आज मकवानपुरको मनहरीमा वसन्त काव्य शिविर भएको छ ।

वसन्त पञ्चमीको दिनमा गर्नुपर्ने यो कार्यक्रम पछि सारेर आज गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा साहित्यकारहरुले आँशु लेखन अन्तर्गत वसन्त शिविरमा कविता तथा मुक्तक लेखेका थिए ।

कार्यक्रममा सहित्यकारहरु राम पाण्डे, साम्ब ढकाल, आरआर चौलागाई, गोविन्द पौडेल, अप्सरा तिम्सीना, शान्तिप्रिय बन्दना, अनिता न्यौपाने, भावना सापकोटा, सुभद्रा सुनार, रमेशमोहन अधिकारी, अनुराग वसन्तम, प्रदिप वालाचन्द लगायतले लेख्नु भएको रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रम साहित्यकार गोविन्द पौडेलले संचालन गर्नुभएको थियो । मकवानपुरे साहित्यकारहरुले वर्षेनी गर्दै आएको वसन्त काव्य शिविरको यो चौथो श्रृङखला हो।

Your Opinion

Opinion

advertisement
advertisement