advertisement
Send Us

पत्रकार सूर्य कुमार लाई सहयोग

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १५ माघ। ब्रेन ट्युमरबाट पीडित पत्रकार तथा प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका लागि नेपाल पत्रकार महासंघ, हिमालय टेलिभिजन प्रतिष्ठान शाखाले आर्थिक सहयोग गरेको छ ।

टेलिभिजनमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वाइ पी घिमिरेले युनियनका अध्यक्ष बद्री सिग्देललाई सात हजार छ सय पैतालीस रुपैया“ हस्तान्तरण गर्नु भयो । उक्त रकम हिमालय टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुबाट स्वेच्छाले संकलन गरिएको हो ।

कार्यक्रममा युनियनका अध्यक्ष सिग्दलले आफ्ना सहकर्मीको पीडामा पीडा महशुस गर्न सकेकै कारण पत्रकार क्षेत्रीको उपचार सम्भव भएको बताउनुभयो ।पत्रकार क्षेत्रीको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा उपचार भइरहेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement