advertisement
Send Us

प्रश्नावली समितिको बैठक शनिबार

Click Link to Send:
Click Link to Send:

international_convention_center-biccकाठमाडौँ, १५ माघ । संविधानका विवादित विषयका सन्दर्भमा गठित प्रश्नावली समितिको बैठक यही माघ १७ गते शनिबार अपराह्न १ बजे बस्ने भएको छ । संविधानसभाको यही माघ ११ गते बसेको बैठकले एमाओवादीलगायत दलको अवरोध भए पनि ४९ सदस्यीय प्रश्नावली समिति निर्माण गरेको थियो । सो समिति ७३ सदस्यीय भए पनि एमाओवादी नेतृत्वमा रहेको १९ दलीय गठबन्धनका तर्फबाट हालसम्म कुनै पनि सदस्य सहभागी भएका छैनन् ।

समितिको बैठक ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा बस्ने तयारी गरिएको छ । उहाँको अनुपस्थिति रहेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई अध्यक्षता गर्न आग्रह गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रश्नावली समितिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति जुटाउन नसकेका संविधानका मूलभूत अन्तर्वस्तुका विषयमा प्रश्नावली निर्माण गर्नेछ । समितिको पहिलो बैठकमा कार्यविधि तयार गरिने तथा त्यसपछिका बैठकमा विवादित विषयलाई प्रश्नका रुपमा सूत्रबद्ध गरिनेछ ।

Your Opinion

Opinion

advertisement
advertisement