advertisement
Send Us

पत्रकार अधिकारीमाथि भएको आक्रमण सुनियोजित–महासङ्घ

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १४ माघ । राष्ट्रिय समाचार समिति (रासस) चितवन प्रतिनिधि पत्रकार नारायण अधिकारीमाथि भएको आक्रमण सुनियोजित खालको अपराधिक घटना भएको ठहर नेपाल पत्रकार महासङ्घले गरेको छ ।

‘बाटो छेकेर पत्रकारको समाचार लेख्ने हातमाथि नै हतियार प्रहार हुनुले यो घटना नियोजित र ज्यान मार्ने उद्देश्यले गरिएको’ महासङ्घद्वारा गठित छानविन समितिले आज यहाँ सार्वजानिक गरेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

पत्रकार अधिकारीमाथि गत मङ्सिर ४ गते साँझ घर फर्किदै गर्दा भरतपुर नगपालिका–११ मुक्तिनगरस्थित आफ्नै निवास नजिक मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उहाँको दाहिने हातमा गम्भीर आक्रमण गरेका थिए ।

महासङ्घले सो साङ्घातिक आक्रमणको सत्यतथ्य पत्ता लगाउन महासङ्घका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा छानविन टोली गठन गरेको थियो । सो टोलीले महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टलाई प्रारम्भिक प्रतिवेदन आजै हस्तान्तरण गरेको छ । सो टोलीमा प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठ, महासङ्घका मध्यमाञ्चल संयोजक शीतल महतो, सहसंयोजक चिरञ्जिवी मास्के र महासङ्घका चितवन अध्यक्ष हरिप्रसाद पोखरेल सदस्य हुनुहुन्थ्यो ।

Your Opinion

Opinion

advertisement
advertisement