advertisement
Send Us

सिन्धुपाल्चोकमा एक लाख ८३ हजार मतदाता

Click Link to Send:
Click Link to Send:

votमेलम्ची, २२ माघ । सिन्धुपाल्चोकमा एक लाख ८३ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखामा आयोजित मतदाता सङ्कलन तथा अद्यावधिक कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सो सङ्ख्यामा जिल्लाको कुल जनसङ्ख्याको ६३÷१५ प्रतिशत हुन आउँछ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ८७ हजार ७९८ रहेको छ ।

सो सङ्ख्यामध्ये करिब ४० प्रतिशत बालबालिका रहेका छन् । यसैक्रममा निर्वाचन कार्यालयले पुनः आजबाट गाविसस्तरमा गएर फोटोसहितको नामावली अद्यावधिक गर्ने जनाएको छ ।

आजबाट सुरु गरी चैत १२ गतेसम्ममा सम्पन्न गर्ने गरी कार्यालयले ७५ गाविस र दुई नगरपालिकामा सामाजिक परिचालकलाई नामावली सङ्कलनका लागि खटाउने छ ।

प्रत्येक गाविसमा नामावली सङ्कलनका लागि दुई दिनसम्म टोली बस्ने छ । नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रमका लागि पाँच टोली खटाएको छ । सङ्कलन गरिएको नामावलीका त्रुटि सच्याउने कार्य भने १० दिन अगावै स्थानीयस्तरमा आउने परिचालकसमक्ष भएको सूचीमा दाबी विरोध गर्न सक्ने निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो ।

हालै घोषणा भएको मेलम्ची नगरपालिकामा भने साविकको गाविस भवनलाई नै मतदाता नामावली सङ्कलन केन्द्र कायम गरिने कार्यालयले जनाएको छ ।

सरकारले विसं २०६७ बाट फोटोसहितको नामावली सङ्कलन कार्यक्रम लागू गरेसँगै यो नामावली सङ्कलन कार्य चौथो चरणको हो ।

Your Opinion

Opinion

advertisement
advertisement