advertisement
Send Us

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबाट सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार सुनिश्चित हुने भएकोले संविधान लेखन अहिलेको प्राथमिकता हो, आन्दोलन, बन्द हडताल होइन भन्नुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले बाह्रबुँदे हस्ताक्षर गरेका राजनीतिक दल नै लोकतन्त्रलाई रक्षा गर्ने शक्ति भएको बताउनु […]

बुटवल (खस्यौली), २४ माघ । एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ दलबाट हिजोका गल्तीलाई सच्याउँदै अगाडि बढाएको प्रक्रियाको काम रोके वार्ताको वातावरण बन्नसक्ने बताउनुभएको छ । आज बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान प्रक्रिया नभई अन्तरवस्तुका आधारमा बनाउनुपर्ने जिकिर गर्नुभयो । नेता भट्टराईले प्रश्नावली समिति बनाएर मतदानको प्रक्रिया अगाडि बढाइएकाले […]

मेलम्ची, २३ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको पहिलो नगर परिषद् कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान ल्याउने बताउनुभएको छ । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनु भएका सिंहले राजनीतिक स्थायित्वका लागि लिखित लोकतान्त्रिक संविधान जरुरी रहेको पनि बताउनुभएको छ । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले […]

काठमाडौँ, २३ माघ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालका राजनीतिक पार्टी र सरकारको मुख्य कार्यभार जनतासमक्ष छिटोभन्दा छिटो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्नु रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजनामा भएको ‘दोस्रो साकोस (बचत तथा ऋण सहकारी) शिखर गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले भन्नुभयो–“अबको चार […]

काठमाडौँ, २३ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरु एकले अर्कालाई सुन्नै नसक्ने शब्द प्रयोग गरी धारे हात लगाएर गाली गर्नुको सट्टा सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको छ । सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले यहाँ आज हस्तान्तरण गरेको ज्ञापन–पत्र बुझ्दै नयाँ संविधान लेखनका लागि प्रक्रियालाई अगाडि बढाउँदै गर्दा सहमतिको उत्तिकै […]

विराटनगर, २३ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान भएको भेटघाटमा राष्ट्रपतिले राजनीतिक दलबीच संवाद र सहमतिको सम्बन्धमा चासो राखेको जानकारी गराउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले राष्ट्रपतिले वार्ता र संवादलगायत विषयमा चिन्तासमेत व्यक्त गरेको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले ऐतिहासिक शान्ति सम्झौता र अन्य […]

काठमाडौँ, २३ माघ । राष्ट्रपति डा रामवरण यादवले वार्ता र सहमतिका आधारमा नै संविधान लेखन प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति डा यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जनआन्दोलनकारी शक्तिबीच एकता, सहकार्य र विश्वासको वातावरण बनाउनेतर्फ पहल गर्न ध्यानाकर्षण गराउनुभयो । […]

काठमाडौँ, २३ माघ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)ले विपक्षी एकीकृत नेकपा (माओवादी) लगायत अन्य दलले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेर वार्तामा आए प्रक्रिया रोक्न सक्ने सङ्केत दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको ती दलका शीर्ष नेताको संयुक्त बैठकले विपक्षीसँग वार्ता र सहमतिलाई एकैसाथ अघि बढाउने निर्णय गर्दै त्यसका लागि […]

काठमाडौँ, २२ माघ । राष्ट्रपति डा रामवरण यादव र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच आज भेट भई समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा वार्ता भयो । बिहान ९.३० बजे राष्ट्रपति कार्यालय पुग्नुभएका नेता ओली र राष्ट्रपति डा यादवबीच करिब एक घन्टा वार्ता भएको अध्यक्ष ओलीका सहयोगी रमेश आचार्यले जानकारी गराउनुभयो ।

काठमाडौँ, २२ माघ। संविधानसभाको आजको बैठकमा राप्रपा नेपालले आफूहरुले उठाएको विषयमा सुनुवाइ नभएको भन्दै नाराबाजी र अवरोध गरेको छ । प्रस्ताव निर्माण समितिले संविधानका विवादित विषयमा प्रश्न बनाउने कार्यादेश पाएको भए पनि आफ्नो पार्टीको धारणाको कुनै पनि सुनुवाइ नगरिएको भन्दै आपत्ति प्रकट गर्‍यो । सङ्घीयता, धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा पनि प्रश्न बनाउनुपर्छ भन्ने पार्टीको माग […]