advertisement
Send Us

काँग्रेस र एमालेका नेता सहमतिबाट डराए – दाहाल

Click Link to Send:
Click Link to Send:

विराटनगर, २३ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान भएको भेटघाटमा राष्ट्रपतिले राजनीतिक दलबीच संवाद र सहमतिको सम्बन्धमा चासो राखेको जानकारी गराउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले राष्ट्रपतिले वार्ता र संवादलगायत विषयमा चिन्तासमेत व्यक्त गरेको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले ऐतिहासिक शान्ति सम्झौता र अन्य सहमतिको मूल भावनाका साथ सहमतिमै संविधान बनाउने प्रतिबद्धता सत्ताधारी राजनीतिक दलबाट प्रकट भएको अवस्थामा मात्रै वार्ता हुन सक्ने भन्दै नेपाली काँगे्रस र नेकपा(एमाले)का केही नेता सहमतिबाट डराएको आरोप लगाउनुभयो ।

शासकीय स्वरुपका विषयमा विवाद नरहेको र सङ्घीय राज्यको विषयमा पनि छदेखि नौ राज्यसम्मका सम्बन्धमा हामी सबै खुला रुपमा छलफल गर्न तयार रहेका बेलामा सहमति हुने सम्भावना देखेपछि काँग्रेस र एमालेका नेताले प्रक्रियामै जाने भनेर सहमतिलाई धकेल्ने प्रयास गरेको दोषारोपण गर्नुभयो ।

विजयकुमार गच्छदारले आफुले राखेको प्रस्तावलाई दाहालले स्वीकार नगरेको प्रकट गरेको धारणाका सन्दर्भमा अध्यक्ष दाहालले त्यसबारे आपूmमाथि झुठो आरोप लगाइएको बताउँदै गच्छदारले मोर्चामा छलफल नगरी एकाएक प्रस्तावका विषयमा जानकारी गराएको अवस्थामा आपूmले छलफल आवश्यक रहेको बताएको स्पष्ट पार्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement