advertisement
Send Us

प्रक्रिया र संवादलाई सँगसँगै लैजानुपर्छ–अध्यक्ष नेम्वाङ

Click Link to Send:
Click Link to Send:

subash_newangकाठमाडौँ, २३ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरु एकले अर्कालाई सुन्नै नसक्ने शब्द प्रयोग गरी धारे हात लगाएर गाली गर्नुको सट्टा सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले यहाँ आज हस्तान्तरण गरेको ज्ञापन–पत्र बुझ्दै नयाँ संविधान लेखनका लागि प्रक्रियालाई अगाडि बढाउँदै गर्दा सहमतिको उत्तिकै सम्भावना रहेको बताउनुभयो ।

“हिजो मात्रै प्रश्नावली समितिको लागि पाँच दिनको म्याद थपिएको छ, त्यो म्याद थप समितिका लागि मात्र नभई दलहरुको सहमतिका लागि पनि हो, त्यसैले अझै समय छ, सम्भावना छ, संवादलाई निरन्तरता दिनुपर्छ”–अध्यक्ष नेम्वाङले भन्नुभयो ।

उहाँले संविधानका सबै विषयमा गम्भीरताका साथ छलफल भएको र आदिवासी, जनजाति, दलित, महिला, मधेसी, सहिद परिवार तथा राज्यको मूलधारबाट पछाडि पारिएको वर्ग र क्षेत्रलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताउनुभयो ।

सोही अवसरमा कमिटीका अध्यक्ष जेवी धौलाकोटीले मुलुकको हरेक परिवर्तनको आन्दोलनमा अतुलनीय योगदान पुर्‍याउने सहिद तथा सहिद परिवारलाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो ।

‘तत्काल ६०१ जना सभासद्ले खाईपाई आएको तलब भत्ता फिर्ता गरी राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय राजनीतिक सम्मेलनद्वारा संविधान जारी गर्नुको विकल्प छैन्’ भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement