advertisement
Send Us

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री सुशील कोइरालाले ढिलै भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूका लागि आयोजित तीनदिने प्रशिक्षण उद्घाटन समारोहमा उहाँले मुलुक र जनताको हितका लागि आफूहरू लचकताका साथ सहमतिको बाटोमा आएको उल्लेख गर्दै आन्दोलनमा उत्रिएका अन्य दललाई पनि सहमतिमा आउन […]

विराटनगर, २७ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले संविधान बनाउनु नै महत्वपूर्ण विषय भएकाले यसका लागि एमाओवादीलगायत सबै दललाई लचिलो हुन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले मेलमिलाप, सहकार्य र एकताका लागि गिरिजाबाबुले दिनभएको सन्देशप्रति नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रको हितअनुरुप सङ्घीय […]

भक्तपुर, २५ माघ । उद्योगमन्त्री महेश बस्नेतले अनन्तेश्वर नगरपालिका–१ बालकोटस्थित जितबहादुर खड्काले सञ्चालन गरेको कालिन्चोक कपास उद्योगमा भएको आगलागीको अनुगमन गर्नुभएको छ । आज दिउँसो आगलागी क्षेत्रमा पुगेर सञ्चालक खड्का र स्थानीय बासिन्दासँग आगलागीको कारण र आगलागीबाट भएको क्षतिपूर्तिका बारेमा जानकारी लिनुभएको थियो । आगलागीबाट करिब रु ४५ लाखको क्षति भएको सञ्चालक खड्काले जानकारी गराउनुभयो […]

काठमाडौँ, २५ माघ । सरकारले एकीकृत नेकपा(माओवादी) र उ सम्बद्ध मोर्चालाई सदासयताका साथ वार्ताका लागि आह्वान गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बताउनुभएको छ । प्रस्ताव समितिको बैठकपछि सिंहदरबारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सहमतिका आधारमा नै संविधान जारी गर्न आफूहरु तयार भएर नै विपक्षी दललाई वार्ताका लागि आह्वान गरिएको जानकारी […]

काठमाडौँ, २५ माघ । प्रस्ताव समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयका सम्बन्धमा हालसम्म २४० वटा प्रश्न निर्माण गरेको छ । संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयसहित प्रस्ताव समितिमा आज पेस भएका प्रश्नहरूसहित कुल प्रश्नको सङ्ख्या २४० पुगेको हो । प्रश्नोत्तर उपसमितिले राज्य पुनःसंरचनासँग जोडिएका र केही सहायक प्रश्न आज प्रस्तुत गरेपछि संविधान निर्माणमा […]

इलाम, २५ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति दुःख व्यक्त गर्दै अब मिति नतोकिकन केही महिनाभित्रमा संविधान बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । दलहरू […]

जाजरकोट, २५ माघ । क्रियाशील सदस्यता वितरणको विवादले जाजरकोट काँग्रेसमा फुट देखिएको छ । सदस्यता वितरणमा एकपक्षीय भएर काम गरेको भन्दै पूर्व सभापति झलकनाथ वाग्ले, सनतकुमार कार्की तथा सभासद् राजीवविक्रम शाहलगायतका नेताहरुले असन्तुष्टि जनाएपछि विवाद चुलिएको हो । पार्टीको विधानअनुसार सदस्यता वितरण नगरेर सभापति दीपकजङ्ग शाह र उनी पक्षका नेताहरुले एकपक्षीय रुपमा सदस्यता फाराम भराउने […]

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गर्न संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आज एक विज्ञप्तिमार्फत भन्नुभएको छ – “गत माघ ५ गतेदेखि सहमति […]

काठमाडौँ, २४ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा (माओवादी) सहितको मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । रिपोटर्स क्लब नेपालको संयोजनमा उहाँको निवास बोहोराटारमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधानसभाका माध्यमबाट संविधान ल्याउने नेपाली जनताको चाहनालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । “उहाँहरु संविधानसभाको काम कारबाहीबाट बाहिर जानुभएको छ । संविधान राष्ट्रको हितमा […]

विराटनगर, २४ माघ । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले प्रतिपक्षले आपूmहरुले जे भनेको सोहीमा सहमति हुनुपर्ने पुरानो सोचाइलाई त्यागेर अगाडि बढेमा सहमतिको बाटो खुल्ने स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले देशको हितलाई सम्झेर प्रधानमन्त्री सुशील कोइराला सहमतिमा संविधान जारी हुनुपर्ने पक्षमा हुनुभएकाले जनादेशको मूल भावनालाई आत्मसात् गरी […]