advertisement
Send Us

उद्योग मन्त्री बस्नेतद्वारा आगलागी क्षेत्रको अनुगमन

Click Link to Send:
Click Link to Send:

cgGtlnªu]Zj/ gu/kflnsf?! afnsf]6df uP/ftL cfuf]nfuL ePsf] sflnGrf]s skf; pBf]u If]qsf] cg'udg ub}{ pBf]u dGqL dx]z a:g]t . ;fydf pBf]u ;+rfns hLtaxfb'/ v8sf 36gfaf/] hfgsf/L lbb} . tl:j/ M /d]z lu/L, eQmk'/ . /f;;भक्तपुर, २५ माघ । उद्योगमन्त्री महेश बस्नेतले अनन्तेश्वर नगरपालिका–१ बालकोटस्थित जितबहादुर खड्काले सञ्चालन गरेको कालिन्चोक कपास उद्योगमा भएको आगलागीको अनुगमन गर्नुभएको छ ।

आज दिउँसो आगलागी क्षेत्रमा पुगेर सञ्चालक खड्का र स्थानीय बासिन्दासँग आगलागीको कारण र आगलागीबाट भएको क्षतिपूर्तिका बारेमा जानकारी लिनुभएको थियो ।

आगलागीबाट करिब रु ४५ लाखको क्षति भएको सञ्चालक खड्काले जानकारी गराउनुभयो । विद्युत् नभएको बेला केही व्यक्तिले पेट्रोल छर्केर लगाइदिएको उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले उद्योग सञ्चालकले बीमा गर्नुपर्नेमा बीमा नगरी उद्योग सञ्चालन गर्दा यस्ता भवितव्यमा समस्या हुने बताउनुभयो । उहाँले क्षतिपूर्तिको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएमा नियमानुसार क्षतिपूर्ति भराइदिने आश्वासन दिनुभयो ।

हिजो राति ९ बजे लागेको आगो मध्यराति २ बजे नियन्त्रणमा आएको थियो ।

आगलागी भएलगत्तै खबर गरे पनि ढिलो गरी मात्रै दमकल आएको भन्दै स्थानीय केहीले आक्रोस व्यक्त गर्दै दमकललाई ढुङ्गा प्रहारसमेत गरेका थिए ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका दमकल गरी ६ वटा दमकलले आगो नियत्रन्त्रणमा लिएको थियो ।

प्रहरीले सोधपुछका लागि उद्योगमा कार्यरत पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement