advertisement
Send Us

सात दिनको म्याद दलहरुलाई सहमति गर्न हो : सभाध्यक्ष नेम्वाङ

Click Link to Send:
Click Link to Send:

subash_newangइलाम, २५ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति दुःख व्यक्त गर्दै अब मिति नतोकिकन केही महिनाभित्रमा संविधान बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

दलहरू लगभग सहमतिको अन्तिम विन्दुमा पुगिसकेको बताउदै उहाँले दलहरूले सहमति गरिसक्दा सहमतिबाटै संविधान निर्माण हुन्छ, भन्नुभयो ।

न्याय प्रणालीको समस्या टुङ्गिएको छ, निर्वाचन प्रणाली मिश्रितमा जाने भइसकेको छ तर कति प्रतिशतमा जाने भन्ने विषयमा विवाद छ, तर त्यो विवाद पनि टुङ्गिहाल्ने उहाँको विश्वास छ ।

शासकीय स्वरूपको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो कारणले संविधान निर्माणमा बाधा नपु¥याउने र सङ्घीयताको विषयमा विजयकुमार गच्छदारले ल्याउने तीनबुँदे प्रस्तावमा दलहरूले करिब–करिब सहमति जनाइसकेको हुनाले पनि अब दलहरूबीच सहमति हुन कुनै बाधा नरहेको स्पष्ट पार्दै सहमतिबाटै संविधान जारी हुने विश्वास व्यक्त गर्नु भयो ।

Your Opinion

Opinion

advertisement
advertisement