advertisement
Send Us

काठमाडौँ । सरकारले अति दुर्गम र दुर्गम क्षेत्रका विद्युत् नपुगेका स्थानहरूका लागि वैकल्पिक ऊर्जा तथा सोलारमा अनुदान दिने व्यवस्था गरेको छ, त्यही अति दुर्गम र दुर्गम क्षेत्रका जनतालाई सरकारले उज्यालोमा बस्नु भनेर दिएको अनुदानमा सूर्योदय ऊर्जा प्रालिजस्ता कम्पनीहरूले ब्रह्मलुट मच्चाइरहेको स्रोतले बताएको छ। स्रोतका अनुसार सरकारले अति दुर्गम क्षेत्रमा ५० वाटसम्मको सोलार बत्ती राख्दा रु. […]

काठमाडौँ, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्न नहुने बताउनुभएको छ । मानवअधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मानवअधिकार भनेको मानवीय हितका लागि हुनाले राजनीतिक पार्टी र दलको हतियार बन्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने, […]

प्यूठान, २ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले लामो समयदेखि परिवर्तन र संविधानका लागि त्याग गरेको भन्दै हालसम्मका उपलब्धिको संरक्षण गरी संविधान बनाउनुपर्ने बताउनुभएको छ । आज प्यूठान बिजुवारमा मध्यपश्चिम कृषि पर्यटक ऊर्जा तथा व्यापार मेला एवम् स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सवको उद्घाटन गर्दै उहाँले देशमा स्थायित्व, शान्ति र अमनचयन आवश्यक रहेको बताउनुभयो । “संविधान […]

बुटवल, २ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण गर्न सहमतिका लागि वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढेको बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले आज रुपन्देहीको सौँ फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पससभा तथा चौथो अधिवेशन एवम् क्याम्पस भवन उद्घाटन गर्दै संविधान बनाउनलाई अब कसैले रोक्न नसक्ने उल्लेख गर्नु भयो । उहाँले सहमतिमै संविधान बनाउन आफू […]

विराटनगर, १ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान बनाउने कार्यमा सहयात्री नछुटून् भन्ने उद्देश्यले एमाओवादी र मधेसवादी दललाई पनि श्रेय दिने गरी सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले शान्ति र लोकतन्त्रका लागि बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएकाले आपूmहरु सोहीअनुसार अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । […]

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानका लेखनका विषयमा राजनीतिक दलबीच केही मतभिन्नता भए पनि अन्ततः सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । चौथो विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अलग अलग आस्था भए पनि देशको हितका लागि सहमति आवश्यक भएको बताउँदै […]

ललितपुर, २९ माघ । आउँदो प्रणय दिवसका लागि करिब रु ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । ‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो । गत वर्ष यो दिवसमा एक लाख ५० हजारवटा गुलाफ खपत भएको […]

काठमाडौँ, २९ माघ । संविधानसभाको आजको बैठकले प्रस्ताव निर्माण समितिको प्रतिवेदन, २०७१ लाई अनुमोदन गर्‍यो  । समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सो प्रतिवेदनलाई सभामा प्रस्तुत गर्नुभएको थियो । संविधानसभाको यही माघ ११ गते बसेको बैठकले संविधान लेखनका लागि असहमति रहेका विषयमा प्रश्नावली तयार गरी सभासमक्ष पेस गर्न सो समिति गठन गरेको थियो । समितिको पहिलो बैठक […]

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासँग उहाँले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि […]

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘हेलो सरकार’मा यही आर्थिक वर्षको पुस मसान्तसम्ममा ३४ हजार ४०० उजुरी दर्ता भएका छन् । हेलो सरकार स्थापना भएको तीन वर्षको अवधिमा प्राप्त उक्त उजुरीमध्ये ९७ प्रतिशत अर्थात् ३३ हजार ४६२ उजुरी फछ््र्योट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । यसैगरी […]