advertisement
Send Us

काठमाडौँ, २२ माघ । सरकारले आज विभिन्न उच्चपदस्थ कर्मचारीलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गरी पदस्थापन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सुरेशप्रकाश आचार्य, शरदराज विष्ट, गजेन्द्रकुमार ठाकुर, लक्ष्मणप्रसाद मैनाली, रामकुमार आचार्य, राजन खनाल, नवराज भण्डारी र श्रीधर सापकोटालाई विशिष्ट श्रेणीमा बढुवा गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको छ । त्यस्तै […]

काठमाडौँ २२ माघ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका आधारमा संविधान जारी हुने बताउनुभएको छ । सिद्धकाली, इन्द्रायणी, दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रश्नावली समितिमा पनि सहमति जुटाउन सकिने बताउँदै सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासन्त्री सिंहले भन्नुभयो–“पहिलो संविधानसभाले संविधान […]

काठमाडौँ। व्यवस्थापिका–संसदको संसदीय विशेष समितिले संयुक्त राज्य अमेरिका र गणतन्त्र भारतका लागि प्रस्तावित दुई राजदूतहरुको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित डा अर्जुनकुमार कार्की र भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायको नाम सुनुवाइपछि अनुमोदन गरेको हो । लामो समयदेखि ती दुई मुलुकमा रिक्त राजदूतमा सरकारले माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयबाट […]

धनगढी, २१ माघ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राज्य पुनःसंरचना गर्दा बढी विवाद देखिएका जिल्लाका जनताको अभिमत लिएर भए पनि समस्या समाधानको बाटोमा जान सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन, जिल्ला शाखाले आज यहाँ गरेको पत्रकार भेट कार्यक्रममा नेता केसीले ‘जनता नै सर्वोच्च शक्ति भएकाले जहांँ विवाद हुन्छ, त्यहाँ जनमत सङ्ग्रह गरेर समस्या […]

काठमाडौँ, २१ माघ । विभिन्न राजनीतिक दलका नेताहरुले सहमतिका नाममा देशलाई अन्योल तथा यथास्थितिमा राख्न नहुनेमा जोड दिएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा दलहरुबीच सहमति कायम हुन नसकेको अवस्थामा संविधानसभाको नियमावलीअनुसार अघि बढनुपर्ने सुझाव उनीहरुले दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सहमतिका लागि लामो समय प्रयत्न भएको भए पनि […]

विराटनगर, २१ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षका कारण सहमति बिथोलिएकाले पुनः सहमतिका लागि सत्तापक्ष अग्रसर हुनुपर्ने बताउनुभएको छ । उहाँले अन्तरिम संविधानको मर्म र भावना र विस्तृत शान्ति सम्झौतालगायत विगतमा भएका सहमतिका आधारमा सत्तापक्ष अग्रसर हुनुपर्ने धारणा प्रकट गर्नुभयो । विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटमा उहाँले प्रश्नावली तयार गर्ने प्रस्ताव […]

काठमाडौँ, २१ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आदिवासी÷जनजाति, महिला, मधेसी, दलित तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताउनुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आज दलित नागरिक समाजकोे ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले युगौँदेखि उत्पीडनमा पारिएका दलित समुदायले भोग्दै आएका आर्थिक, सामाजिक समस्यालाई नयाँ संविधानमा समावेश गरिने बताउनुभयो । […]

काठमाडौँ, २० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनेकपा माओवादीलगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताउनुभएको छ । प्रगतिशील प्राध्यापक सङ्गठनको नयाँ कार्यसमितिको पद हस्तान्तरणका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारका लागि नभई संविधान निर्माणको अग्रभागमा रहेर भूमिका निर्वाह गर्न अग्रसर रहेको स्पष्ट गर्नुभयो । […]

काठमाडौँ, २० माघ । पैँसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपले मनाउन प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । आगामी फागुन ६, ७ र ८ गते मनाइने सो दिवसका लागि सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको प्रधानमन्त्रीको कार्यालयमा आज आयोजित कार्यक्रममा गृहसचिव सूर्य सिलवालले जानकारी […]

काठमाडौँ, २० माघ । प्रधानमन्त्री कोइरालाले दलहरूको प्रतिबद्धताअनुसार माघ ८ मा संविधान नआए पनि अब संविधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले निराश हुने अवस्था नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज प्रधानमन्त्री निवास बालुवाटारमा संविधान निर्माणका बारेमा ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री कोइरालाले सबैको प्रतिबद्धताअनुसार माघ ८ मा संविधान नआएको बताउँदै अब प्रक्रियामा गएर भएपनि संविधान […]