advertisement
Send Us

सहमतिको ढोका बन्द भएको छैन : उपप्रधानमन्त्री सिंह

Click Link to Send:
Click Link to Send:

prakashman Singhकाठमाडौँ २२ माघ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका आधारमा संविधान जारी हुने बताउनुभएको छ ।

सिद्धकाली, इन्द्रायणी, दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रश्नावली समितिमा पनि सहमति जुटाउन सकिने बताउँदै सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासन्त्री सिंहले भन्नुभयो–“पहिलो संविधानसभाले संविधान दिन नसकेको तीतो अनुभव नेपाली जनता र नेपाली राजनीतिमा भएकाले वर्तमान संविधानसभाले कुनै पनि हालतमा लोकतान्त्रिक संविधान दिने छ ।” उहाँले प्रक्रियामा जाँदा पनि सहमतिको ढोका बन्द नभएको बताउँदै एकीकृत नेकपा(माओवादी)लगायतलाई सहमतिमा आएर संविधान लेखनमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेवी हरिमाया प्रधान, पूर्वमन्त्री भद्रकुमारी घले, डा विश्वप्रेम भट्टराईलगायतले नेपालको धार्मिक महत्वका बारेमा धारणा राख्नुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement