advertisement
Send Us

कास्की, १९ माघ । पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरभित्र रहेको भगवतीको प्रतिमा खिँइदै गएको छ । खराब रसायन (केमिकल) मिसाइएको अबिर र पानी प्रतिमामा पर्दा तथा मानिसको हातको घर्षणले गर्दा प्रतिमाको क्षयीकरण भएको हो । करिब ३०० वर्ष पुरानो मन्दिरमा रहेको प्रतिमा खिँइदै गएपछि अहिले भगवतीको प्रतिमाको शीरलाई छोपेर पाउमा मात्र पूजा गर्न थालिएको मन्दिरका […]

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज संविधान निर्माणका बारेमा संवैधानिक कानुनका विज्ञहरुसँग सल्लाह लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका प्रक्रियामा भएका संवैधानिक र कानुनी प्रावधानका बारेमा जिज्ञासा राख्नुभएको प्रजातन्त्रवादी कानुन व्यवसायीको सङ्गठनका अध्यक्ष गोपालकृष्ण घिमिरेले राससलाई बताउनुभयो । कानुनविज्ञहरुले जनताबाट निर्वाचित भएर […]

काठमाडौँ,१९ माघ ।केही महिनादेखि एलपी ग्यासको अभावका कारण उपभोक्ता अत्यधिक मारमा परेका छन् । ग्यासको अभाव सिर्जना भएलगत्तै व्यापारी कालोबजारी गरिरहेका छन् भने तोकेको मूल्यभन्दा बढी रकम तिरेर ग्यास लिन उपभोक्ता बाध्य भएका छन् । ग्यासको कालोबजारी हटाउन प्रशासनले विभिन्न प्रयास थाले पनि कालोबजारी भने यथावत् नै रहेको देखिएको छ ।

काठमाडौँ, १८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठलाई निलम्बन गर्न सिफारिस गरेको छ । कोषलाई सरकारले प्रदान गरेको रकम तथा विदेशी दातृ निकायबाट प्राप्त भएको रकम समेत दुरुपयोग गरेको पाइएकाले श्रेष्ठलाई निलम्बन गरेको आयोगले जानकारी दिएको छ । अनियमिततामा सङ्लग्न श्रेष्ठलाई पदमा नै रहिरहन दिँदा आफूविरुद्धको प्रमाण लोप […]

पोखरा, १८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन सहयोगका लागि सबैसँग आग्रह गरिने तर घुर्की लगाएर संविधानसभा छोडेर जानेलाई भने फर्काउन नसकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले धम्क्याउँदै र थर्काउँदैमा नेपाली जनता आन्दोलनमा नआउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनता […]

काठमाडौँ, १८ माघ ।एमाओवादीले विगतका सहमति तथा सम्झौतालाई कार्यान्वयन नगर्ने र एकलौटी ढङ्गले अगाडि बढ्न खोजे संविधानसभाबाट सामूहिक राजीनामा दिने अवस्था आउन सक्ने पनि बताएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत परिवर्तनका एजेण्डा संस्थागत नहुने र बहुमतको आधारमा संविधान जारी हुने अवस्था आए राजीनामाको विकल्प नरहेको भन्दै अध्यक्ष दाहालले सत्तापक्षको व्यवहारले सबै कुराको निर्धारण गर्ने बताउनुुभयो […]

काठमाडौँ,१७ माघ। बिभिन्न पार्टीका  शिर्ष नेताहरुलार्इ मेलामा प्रर्दशन गरी ग्रहकलार्इ गुणस्तिरहिन सामान मह्रङगोमा  बेचेर आखाँमा छारो हाल्ने काम गरेको छ क्यानले । क्यान इन्फोटेकमा‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल-ईन्टेल बाई नियोटेरिक नेपाल’ को पहिलेका बर्षमा जस्तै व्यवस्थापन  कमजोरी  रहेको  छ। स्थल व्यवस्थनापनमा पनि भद्रगोल देखिएको छ भने  फोहोर व्यवस्थापन पनि राम्रो ध्यान दिन […]

ललितपुर, १६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रको पिताको नामले चिनिने गरेको बताउँदै वर्तमान अवस्थामा उहाँ जस्तो व्यक्तित्वको आवश्यकता औँल्याउनुभयो । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाली जनता र राष्ट्र हितका निमित्त संविधान आवश्यक भएको उल्लेख गर्नु भयो । उहाँले कृषि, पर्यटन, उद्योगलगायत अन्य क्षेत्रको […]

काठमाडौँ, १६ माघ। देश र जनताका लागि बलिदान दिने जीउँदा सहिदको भावनामाथि खेलवाड भएको भन्दै सहिदका परिवारहरुले आपत्ती जनाएका छन् । शुक्रबार सहिद दिवसको अवसरमा सहिद परिवार तथा जन–आन्दोलनका घाईते समन्वय समिति काठमाडौंले रिपोर्टर्स क्वल नेपालमा गरेको कार्यक्रममा नेपाल सरकार, राजनैतिक दलले जीउँदा सहिदको भावनामाथि प्रहार गरेको आरोप लगाएका छन् । देश र जनताको लागि […]

कास्की, १६ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको क्रममा उकाली चढेको सरकार उकाली पनि चढ्दै र विपक्षी मोर्चालाई पनि पर्खँदै अगाडि बढ्ने बताउनुभएको छ । लौह पुरुष गणेशमान शतवार्षिकी अवसरमा आज बिहान पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अर्को पाँच दिन पर्खिने अर्को चौतारी हो, पर्खँदा पनि सहमति भएन भने अगाडि […]