advertisement
Send Us

प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज संविधान निर्माणका बारेमा संवैधानिक कानुनका विज्ञहरुसँग सल्लाह लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका प्रक्रियामा भएका संवैधानिक र कानुनी प्रावधानका बारेमा जिज्ञासा राख्नुभएको प्रजातन्त्रवादी कानुन व्यवसायीको सङ्गठनका अध्यक्ष गोपालकृष्ण घिमिरेले राससलाई बताउनुभयो ।

कानुनविज्ञहरुले जनताबाट निर्वाचित भएर आइसकेपछि कसैले पनि संविधानसभा छोड्न नमिल्ने धारणा राख्दै जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको प्रश्नावली समिति संविधान निर्माण प्रक्रियाको सुरुवातमात्र भएकाले कसैले पनि आत्तिन नहुने बताएका थिए ।

दुई तिहाई बहुमतको निर्णयलाई कसैले घुक्र्याएर केही नहुने भन्दै संवैधानिक कानुनका विज्ञहरुले संविधानसभाले आफ्नो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफूले शान्ति प्रक्रियाको मुख्य हिस्सा रहेको विपक्षी दलहरु संविधानसभा बाहिर नजाओस् भनेर सहमति र वार्ताका लागि अथक प्रयास गरिरहेको जानकारी गराउँदै सहमतिका आधारमा नै संविधान निर्माण गर्न प्रयासमा रहेको बताउनुभयो ।

छलफलमा कानुनविद्हरु डा विपिन कोइराला, डा भीमार्जुन आचार्य, शेरबहादुर केसी, गणेश भट्टलगायत उपस्थित हुनुहुन्थ्यो ।

Your Opinion

Opinion

advertisement
advertisement