advertisement
Send Us

नेताहरुलार्इ मेलामा प्रर्दशन गरी लुटको खेती गर्दे क्यान

Click Link to Send:
Click Link to Send:

DSC_9146 (1)काठमाडौँ,१७ माघ। बिभिन्न पार्टीका  शिर्ष नेताहरुलार्इ मेलामा प्रर्दशन गरी ग्रहकलार्इ गुणस्तिरहिन सामान मह्रङगोमा  बेचेर आखाँमा छारो हाल्ने काम गरेको छ क्यानले ।

क्यान इन्फोटेकमा‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल-ईन्टेल बाई नियोटेरिक नेपाल’ को पहिलेका बर्षमा जस्तै व्यवस्थापन  कमजोरी  रहेको  छ।

स्थल व्यवस्थनापनमा पनि भद्रगोल देखिएको छ भने  फोहोर व्यवस्थापन पनि राम्रो ध्यान दिन सकेको छैन । निकै भव्ययताका साथ गर्ने भनिए  क्यान ईन्फोटेक २०१५ प्रवेश शुल्क पनि अत्याधिक मह्रगो रहेको दर्शकहरुको  भनार्इ  छ।can-infotech

अधिल्ला बर्षमा जस्तै अहिले उही  सामाग्री प्रर्दशनमा राखिएको छ। यो अवलोकन गर्ने दर्शकहरुको आखाँमा छारो हाल्ने काम मात्र गरिएको  देखिन्छ। क्यान र्इन्फोटेक रहेका  स्वयम सेवक र समितिका केही  पदाधिकारीहरुले क्यान ईन्फोटेकको समचार संकलन   गर्न गएका संचारकर्मीहरुलार्इ  समेत अभद्र व्यहार गर्ने  गरेका छन् ।

इन्फोटेकमा सहभागि कम्पनीहरुले नयाँ नयाँ प्रविधिसहितका उत्पादनहरु सार्वजनिक गर्ने भने पनि यस्तो कुनै नयाँ कम्पनीका उत्पादन र बिशेष केही देख्न सकिदैँन ।DSC_0010

पहिलेका बर्षहरुमा  जस्तै  अहिले पनि कम्पनी इन्टरनेट सेवा प्रदायक स्टलहरु,  स्मार्टफोन र ट्याब्लेटका स्टलहरु, ल्यापटप-कम्प्युटरका स्टलहरु, इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, पेनड्राइभ, सिसिटिभी लगायतका स्टलहरु रहेपनि बाहिर भन्दा मह्रङ्गो गरी ठगीको धन्दा गरेको दर्शकहरुको  भनार्इ छ।

 

Your Opinion

Opinion

advertisement
advertisement