advertisement
Send Us

गणेशमान प्रजातन्त्रका पिता

Click Link to Send:
Click Link to Send:

PM honors Ganesh Man Hospitalललितपुर, १६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रको पिताको नामले चिनिने गरेको बताउँदै वर्तमान अवस्थामा उहाँ जस्तो व्यक्तित्वको आवश्यकता औँल्याउनुभयो ।

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाली जनता र राष्ट्र हितका निमित्त संविधान आवश्यक भएको उल्लेख गर्नु भयो ।

उहाँले कृषि, पर्यटन, उद्योगलगायत अन्य क्षेत्रको विकासका लागि नेपालमा शान्ति र स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो ।

करिब ३५ लाख नेपालीहरु रोजगारीका लागि विदेश जाने गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा अमनचयन कायम राख्न सकेमा यहाँ हुने औद्योगिक विकासले विदेसिएका युवालाई रोजगारी दिन सकिने धारणा राख्नु भयो ।KP Oli Takes Pic

उहाँले करिब छ दशक अघिदेखि नेपाली जनताले शान्ति र लोकतन्त्र संस्थागत गर्नका लागि धेरै सङ्घर्ष गरेको स्मरण गर्दै अब बन्ने लोकतान्त्रिक संविधानबाट त्यसको प्राप्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले संविधान ल्याउनका लागि खुट्टा नकमाउने बताउँदै संविधान निर्माण प्रक्रियामा विपक्ष दललाई आउन आग्रह गर्नुभयो ।

उहाँले पहाड र मधेस टुक्रयाउने खालको संविधान मान्य नहुने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबैको विचारलाई लिएर संविधान निर्माणको कार्यमा अघि बढेको बताउनुभयो । उहाँले विगत चार वर्षदेखि नै संविधान निर्माणका लागि बृहत रुपमा छलफल भइसकेको उल्लेख गर्नुभयो ।Oli honors Ganesh Man Hospital

विपन्न जनतालाई सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न गणेशमान सिंह अस्पतालले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उपसभापति पौडलले बताउनुभयो ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको नाममा खोलिएको सङ्घसंस्थाहरुले गरिने सवै क्रियाकलाप स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । गणेशमानको सिद्वान्तअनुरुप सेवामुखी भएर अस्पतालले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।PM inaugurates Ganesh Man Hospital

डा भगवान कोइरालाले स्वास्थ्य संस्थाले दिने सेवामा कुनै पनि किसिमको सम्झौता गर्न नहुनेमा धारणा राख्नु भयो ।संस्थाका अध्यक्ष दीपकप्रसाद बाँस्कोटाले विपन्न वर्गलाई सेवा दिने उद्देश्यले गणेशमान सिंहको नाममा अस्पतालको स्थापना गरिएको बताउनुभयो ।काठमाडौँ महानगरपालिकाले गणेशमान सिंह अस्पताललाई एक अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको थियो ।PM Inspects Hospital

Your Opinion

Opinion

advertisement
advertisement