advertisement
Send Us

गरिबी निवारण कोषका कार्यकारी निर्देशक श्रेष्ठ निलम्बित

Click Link to Send:
Click Link to Send:

CIAAकाठमाडौँ, १८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

कोषलाई सरकारले प्रदान गरेको रकम तथा विदेशी दातृ निकायबाट प्राप्त भएको रकम समेत दुरुपयोग गरेको पाइएकाले श्रेष्ठलाई निलम्बन गरेको आयोगले जानकारी दिएको छ ।

अनियमिततामा सङ्लग्न श्रेष्ठलाई पदमा नै रहिरहन दिँदा आफूविरुद्धको प्रमाण लोप गर्न सक्ने र अनुसन्धानलाई समेत प्रभावित पार्ने भएकाले आजैका मितिबाट लागू हुनेगरी निलम्बन गरिएको आयोगले जनाएको छ ।

आयोगले गरिबी निवारण कोषलाई पनि सोही व्यहोराको पत्र पठाई श्रेष्ठको तत्काल निलम्बन कार्यान्वयनको जानकारी दिन निर्देश गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement