advertisement
Send Us

नेताहरुले सहिदको रगतले होली खेले

Click Link to Send:
Click Link to Send:

SAHID (1)काठमाडौँ, १६ माघ। देश र जनताका लागि बलिदान दिने जीउँदा सहिदको भावनामाथि खेलवाड भएको भन्दै सहिदका परिवारहरुले आपत्ती जनाएका छन् । शुक्रबार सहिद दिवसको अवसरमा सहिद परिवार तथा जन–आन्दोलनका घाईते समन्वय समिति काठमाडौंले रिपोर्टर्स क्वल नेपालमा गरेको कार्यक्रममा नेपाल सरकार, राजनैतिक दलले जीउँदा सहिदको भावनामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

देश र जनताको लागि ज्यानको बाँजी थापेका जीउदा सहिदको भावना विपरीत राजनितीक दलका नेताले सत्ताको लुछातानीको खेल खेलेका कारण समयमै संविधान जारी गर्न नसकेको तथा व्यक्तिगत स्वार्थका कारण मुलुकमा अन्यौलता छाएको उनीहरुले आक्रोस व्यक्त गरेका छन् ।

वि.स. ०६२-०६३ को जन–आन्दोलनका सहिद सगुन ताम्राकारकी आमा जया ताम्राकारले सहिद दिवसको अवरसमा नेपाल सरकारले सहिद परिवारलाई सम्वोधन समेत नगरेको गुनासो पोखिन् ।

मुलुकका लागि मेरो १६ वर्षको छोराले आफ्नो ज्यानै गुमाएपनि सहिद दिवसको अवसरमा राज्यवाट कुनै पनि सम्वोधन नहुँदा मन दुखेर आएको बताँउदै उनले भनिन्, “मुलुकमा शान्ति र समृद्धिका लागि मेरो छोराले ज्यानै गुमाए पनि आज कुनै पनि निकायवाट हामिले केही पाँउन सकेनौँ ।”

सहिदका परिवारालाई फुलको माला लगाएर मात्र पुग्दैन उनले भनिन्, “मेरो छोराको मृत्युले हाज पनि मेरो मुटु छियाछिया भएको छ भने मेरो परिवारवाट सधै सधैका लागि खुसियाली हराएको छ ।”

सहिदका परिवारलाई राज्यका तर्फवाट सेवा सुविधा दिनुपर्नेमा उल्टै नेताहरुले सहिदले बगाएको रगतको होलि खेली मोजमस्तिमा लागेका छन् । सहिद दिवसको अवसरमा राज्यले सम्पूर्ण सहिद परिवारलाई बोलाएर सम्वोधन गर्नूपर्नै उनले बताइन् ।

धादिङ् नौवीसेका ताम्राकारले विस् २०६२-०६३ सालको जन–आन्दोलनमा काठमाडौँको कलंकीमा नेपाल प्रहरीको गोलीवाट सहादत प्राप्त गरेका थिए ।

सहिद परिवार तथा जन–आन्दोलनका घाईते समन्वय समिति काठमाडौँका सदस्य रुद्र जोशी सदस्यले सहिद दिवस वर्षमा एक पटक आउने भएपनि सम्वन्धिन निकायले औपचारिकता मात्र निभाएको बताए ।

मुलुकमा दिगो शान्ति स्थापना गर्न सहिदले तातो रगतको खोला बगाएपनि राजनैतिक दलका नेताहरुले व्यक्तिगत स्वार्थका लागि सहिदले देखाएको मार्ग बिराएको उनले गुनासो पोखे ।

हाल राजनैतिक दलका नेताहरुले सहिदप्रति अपमान गरेको बताँउदै उनले भने, “कुर्सी र पदका लागि राजनैतिक दलका शीर्ष नेताहरुले पार्टिगत र व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा नेपालको शिर भुकाउने काम गरेका छन् ।”

हालसम्म विश्वमा भएका हरेक क्रान्तिले शान्ति ल्याएपनि हाम्रो देशमा व्यक्तिगत स्वार्थका लागि क्रान्ति भएकाले जनताका छोरा छोरीले रगतको खोला बताएपनि आधारभुत आवश्यकता समेत पुरा नभएको उनले बताए ।

नेपाल सरकारले सहिद दिवसका अवसरमा सहिदका परिवारलाई सम्वोधन गर्न नसकेको अवस्थामा रिपोर्टर्स क्लवले सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रका आफ्ना भावना राख्न पाएकोमा उनले आभार व्यक्त गरेका छन् ।

त्यसैगरि सहिद परिवार तथा जन–आन्दोलनका घाईते समन्वय समिति काठमाडौँका सदस्य युमुनादेवी श्रेष्ठले ०६२-०६३ सालको जन–आन्दोलनका वेला राजनैतिक दलका शिर्ष नेताहरुले सिङ्गो मुलुकलाई परिवर्तन गरि सुन्दर नेपालको परिकल्पनाका कथा कहानी रचेपनि हाल ति सबै एजेण्डा सपना जस्तै भएको बताइन् ।

हामी धन सम्पनी कमाउने आषले आन्दोलनमा सहभागि भएका थिएनौँ उनले भनिन्, “तर, मुलुकमा दिगो शान्ति स्थापना होस र सम्पर्ण नेपाली परिवारमा खुसियाली आयोस भन्ने उदेश्यले आन्दोलन गरेपनि अहिले नेताहरुले आन्दोलनको वहावलाई बिर्सेर सहिद तथा घाइते परिवारलाई वेवास्ता गरिएको छ ।”सहिद परिवारले धन सम्पती कमाउन ज्यान फालेका होइनन् उनले थपिन, “म र मरो श्रीमान जिउदा सहिद हौँ तर हामीले राज्यवाट पाउनु पर्ने न्यूनतम सेवा सुविधा पनि पाएका छैनौं ।” जन–आन्दोलन ०६२÷०६३ मा श्रेष्ठ दम्पतीको मेरुदण्ड भाचिएको थियो ।

जन–आन्दोलन ०६२÷०६३ मा राजनितीक दलका नेताहरुले धर्म निरपक्षतालगायतका विषयमा एजेण्डा नउठाएपनि हाल आएर तिनै एजेण्डालाई उठाएर तलब, भत्ता र मोजमस्तीमा लागी संविधान जारी हुन नसक्दा सम्पूर्ण सहिद तथा घाइते परिवार मर्माहित भएका छौँ ।

Your Opinion

Opinion

advertisement
advertisement